• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, माघ १३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

प्युठानमा एक्ली महिला उम्मेदवार सीता विक सम्झना

झिमरुकमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय, शिक्षक र विद्यार्थी सम्मानित

प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट चार उम्मेदवार

गढवामा सातौँ महिला फुटबल प्रतियोगिता सुरु

गुल्मी–२ बाट कांग्रेसका क्रियाशील सदस्य सुरेन्द्र पाण्डेको स्वतन्त्र उम्मेदवारी

बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खनाल फाउण्डेशनद्वारा पोशाक वितरण

प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

लोकप्रिय समाचार

  • १. प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

  • २. प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट चार उम्मेदवार

  • ३. प्युठानमा १४ जनाको मनोनयन दर्ता

  • ४. प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

  • ५. प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

  • ६. ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

  • ७. ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

  • ८. गढवामा सातौँ महिला फुटबल प्रतियोगिता सुरु

  • ९. बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खनाल फाउण्डेशनद्वारा पोशाक वितरण

  • १०. गुल्मी–२ बाट कांग्रेसका क्रियाशील सदस्य सुरेन्द्र पाण्डेको स्वतन्त्र उम्मेदवारी

प्रचण्ड-बाबुरामले जनयुद्धको उपलब्धीको रक्षा गर्न सकेनन्: महासचिब विप्लब


  •   आइतबार, फागुन ०१, २०७८ मा प्रकाशित
  • अर्घाखाँची । नेपालमा तत्कालिन शासन व्यवस्थाले जनताको मर्म नबुझेको भन्दै ०५२ साल फागनु १ गते माओवादीले जनयुद्ध शुरु गर्‍यो । नेपालमा जनयुद्ध शुरु भएको आज २६ वर्ष पूरा भएको छ।

    Advertisement

    मओवादी पार्टीहरुले १० वर्षसम्म आफूले जनयुद्ध भनेपनि सर्वत्र रुपमा  जनयुद्धलाई स्किारिएको छैन । अन्य पार्टीहरुले शसस्त्र द्वन्द्व  भन्ने गरेका छन । आखिर जेसुकै  भएपनि देशमा १० चलेको संघर्षले नेपाल एउटा नयाँ मोडमा पुगेको हो । अहिले नेपालमा संघीय गणतन्त्रात्मक व्यवस्था स्थापना हुनुको एक हिस्साका रुपमा दस बर्षे बिद्रोहलाई समेत लिइन्छ ।  हिजो लामो समय संगै युद्वमा होमिएका सारथीहरु अहिले टुक्राटुक्रामा बिभाजित भएका छन। माओवादीमा अहिले टुटफुट छ। माओवदीबाट फुटेर नेकपा बनाउनु भएका जनयुद्धका एक साक्षि समेत रहनुभएका नेत्र विक्रम चन्द (विप्लव) सँग जनयुद्ध, जनयुद्ध दिवस लगायत विषयमा केन्द्रीत रहेर पत्रकार अनिल नेपालीले कुराकानी गर्नुभएको छ ।

    फागुन १ लाई कसरी सम्झनुहुन्छ ?
    फागुन १ गते नेपाल नेपाली जनताको गौरबको दिन हो हामीले पनि यो दिनलाई गौरबको दिनमा मनाउछौ पहिलो कुरा महान् जनयुद्ध राजनीतिको एउटा क्रमभङ्ग थियो । नयाँ सुरुआत थियो । एउटा थालनी थियो । त्यसको सार भनेको नेपालमा कायम रहेको सामन्ती सत्ता नोकरशाही तथा दलाल पुँजीवादी सत्तालाई आमूल परिवर्तन र नेपाली जनताको सत्ता नौलो जनवाद हुँदै वैज्ञानिक समाजवादतिर देशलाई लैजाने एउटा सुरुआत थियो । नेपालका श्रमिक जनताहरूको विद्रोहको प्रतिनिधित्व गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले जनविद्रोह सुरु ग¥यो ।

    त्यसले एउटा सफलता प्राप्त गर्दै जाँदाखेरि नेपालमा त जनताले जित्छन् भन्ने साबित ग¥यो । त्यतिमात्रै होइन, सही विचार, सही कार्यदिशा, सही योजना र नेतृत्व रहँदाखेरि जुनसुकै परिस्थितिमा पनि सामन्तवाद पुँजीवादलाई पल्टाउन सक्ने जनताको सामथ्र्य छ भन्नेसाबित गरेको छ । तेस्रो कुरा दस वर्षमा आइपुग्दाखेरि नेपालको इतिहासमा अभूतपूर्व परिणामहरू प्राप्त भए । जनताले पहिलोपटक आफ्नो सत्ता बनाए । सत्ता सामान्य औपचारिक मात्र होइन, व्यावहारिक र कामकाजी सत्ता बनाए । उनीहरूले सत्ताभित्र आफ्नो न्याय बनाए, न्यायप्रणाली खडा गरे । उनीहरूले सुरक्षाका लागि एउटा विशाल जनमुक्ति सेना निर्माण गरे । त्यसपछि गएर प्रशासन खडा गरे । विभिन्न खालका राज्य र अङ्गहरू निर्माण गरे, प्रशासनिक निकायहरू निर्माण गरे, वित्तिय संस्थाहरू निर्माण गरे, उद्योगहरू निर्माण गरे । शिक्षा र स्वास्थ्यका क्षेत्रमा नयाँ सुरुआतहरू गरे ।यस्ता खालका अभूतपूर्व परिणामहरू दस वर्षमा प्राप्त भएर ती परिणामहरूले के साबित ग¥यो भने जनतानै इतिहासको निर्माता हो र कम्युनिस्ट पार्टीले सही नेतृत्व दिन सक्दाखेरी जनताले रातारात एउटा कायापलट, एउटा ठूलो परिवर्तनलाई हेरफेर गर्न सक्छन् भन्ने प्रमाणित ग¥यो । श्रमिक जनताको प्रतिनिधित्व गरेको हाम्रो पार्टी हाम्रो पङ्क्तिले एउटा आत्मसमर्पणवादका विरुद्धमा, विसर्जनवादका विरुद्धमा र संशोधनवादको विरुद्धमा पुनः एउटा क्रान्तिको झन्डा खडा ग¥यौँ । त्यो झन्डा सामान्य नभएर विश्वभरिका श्रमिक जनताका बारेमा देख्नेखालको झन्डा खडा गरेर आज हामी यहाँ आइपुगेका छौँ । फेरी एउटा नयाँ उज्यालो अभ्यास सुरु भएको छ । हामी यहाँ आइपुगेका छौँ र अहिले फेरी दलाल पुँजीपति वर्ग र नेपाली जनताको बीचमा नयाँ सङ्घर्षका किरणहरू अथवा सङ्घर्षका प्रक्रियाहरू अगाडि आएका छन् ।

    माओबादीको संगठन संरचना त ध्बस्त भए के माओवादी आन्दोलनका उपलब्धीहरुको रक्षा हुन सके?
    जनयुद्धले नेपालको राजनीतिक ईतिहासमा अभूर्त पूर्ब ईतिहास सफलता र उपलब्धी हासिल गर्‍यो नेपाली जनताले बिजय हासिल गरे । नेपाली जनताले आफ्नै अर्थतन्त्र बनाए । सेना बनाए । प्रशासन बनाए । अदालत बनाएर । सामन्तबाद र पूँजीबादका विरुद्धमा जनताले आफ्नै सत्ता स्थापना गरेर जनताले देशमा नयाँ सत्ता निर्माण गरे मूलत त्यो बेला जनयुद्धको मुख्य नेतृत्व गरेका भनेर चिनिने प्रचण्ड, बाबुराम र बादलहरू हुन् । जनयुद्धको नेतृत्व गरेका उनीहरूमा एकाएक त्यत्रो विचलन आयो । बाबुरामले माक्र्सवाद नै छोड्नुभयो । प्रचण्डजीले क्रान्ति छोड्नुभयो । जनयुद्धले उठाएका विषयले आज पूर्णता पाउन सकेन् प्रचण्ड बाबुरामले जनयुद्धको आदर्श र उपलब्धी मान्यताबाट प्राप्त उपलब्धीको रक्षा गर्न सक्नुभएन जनताले जुन उचाईमा सफलता प्राप्त गरे ती सफलताबाट पराजय हुनुपर्‍यो रक्षा हुन सकेन । यो गौरबपूर्ण दिन विभिन्न घटना परिघटनामा हुँदै आज यहाँसम्म आएको छ ती घटना र परिघटनाका शिक्षालाई आज एकीकृत जनक्रान्तिमा रुपान्तरण गरेर नेपालमा नयाँ क्रान्तिको सुरुवात गरेर जनयुद्धका उपलब्धीको रक्षा गर्नेछौ ।

    अझै आन्दोलन क्रान्ति र मुक्तिका कुरा गनुहुन्छ कसरी सम्भब छ ?
    क्रान्ति असम्भब होइन अपरिहार्य र आबश्यकता हो जुन दिनसम्म नेपाली जनताले आफ्नो सत्ताको सुनिरिचत गर्न जुन दिन सम्म नेपाल स्वाधीन बन्न सक्दैनन् त्यो पुरानो सत्ता प्रतिक्रियाबादी सत्ता पुजीबाँदी सत्ताका विरुदमा क्रान्ति अपरिहार्य र आबश्यकता हुन्छ ।
    जनयुद्धका सबै सारथीहरु आज संसदीय अभ्यासमा पुगिसके तपाई क्रान्तिका मात्र कुरा गनुहुन्छ किन?
    क्रान्ति प्रतिकुल परिस्थतिसँग ईतिहास सँग लड्ने कुरा हो । जनताका उत्पिडन दमनसँग लड्ने कुरा हो । जनता जहिले पनि परिबर्तनको पक्षमा हुन्छन् क्रान्तिको पक्षमा छन् । जनताले क्रान्तिप्रति जुन विश्वास गरेर जनयुद्धमा आफ्नो बलिदान गरेका थिए ती शोषित पिडित जनताले अहिले पनि न्यायको अनुभुति गर्न सकेका छैनन् ।

    ती शोषित पिडितलाई मुक्ति दिन न्यायको अनुभुति दिलाउनको लागि हामी अगाडि बढेका छौ । शोषित पिडित जनतालाई जबसम्म न्यायको अनुभुति हुदैन त्यतिबेला सम्म हामीले नेतृत्व गछौ । जनता प्रति विश्वासका साथ अगाढि बढेमा क्रान्तिका चरणमा आउने विभिन्न घटना र परिघटनालाई सजिलै सँग समाधान गर्न सकिन्छ ।

    तपाईको पार्टीको रणनीति के हो ?
    नेपाली जनताले दलाल पुजीबादी संसदीय व्यबस्था असफल र संकटग्रस्ट भएका कारणले जनताले निकास पाउन सकेका छैनन् जनताले दुख पाएका छन् कष्ट भोग्नुपरेको छ । जसका कारणले देशमा पुजीबादी सत्ता निर्माण भएता पनि जनताले त्यसको आकार ईकारको पहिचान गर्न सकेका छैनन् त्यसकारणले गर्दा जनताको सत्ता बैज्ञानिक समाजबादी सत्ता निर्माणको लागि हामी लागेका छौ नेपालमा बैज्ञानिक समाजबादी सत्ता किसान मजदुर श्रमिक बर्गको हुनेछ त्यसको लागि हामी निरन्तर लागि परेका छौ । नेपालमा नेपाली जनताको सत्ता बैज्ञानिक सत्ता हुदै एकीकृत जनक्रान्ति मार्फत पुरा हुन्छ ।

    सरकारले चुनाबको घोषणा गरेको छ । तपाईहरु चाहि जनमत सग्रहको नीति ल्याउनुभएको छ यो कसरी मिल्छ ?
    जनमत सग्रह बस्तुस्थिति र जनताले चाहना गरे अनुसार त्यसको खाका हामीले जनताको बीचमा राखेका हौ नेपालमा संसदीय व्यबस्था सफल हुन सकेन जसका कारणले नेपाली जनताले विभिन्न बाधा अबरोध दुख कष्ठको सामना गनुपर्यो जनताका कुरालाई हामीले उजागर गर्दा राज्यले हामीलाई हतियार हिसाको सज्ञा दियो हामीले नेपालमा नेपाली जनताको आफै व्यबस्था ल्याउनको लागि जनमत सग्रहको अबधारणा ल्याएका छौ । नेपालमा अब नेता छान्ने चुनाब होइन व्यबस्था छान्ने चुनाब गछौ हामी तयार छौ भनेर भन्दा राज्य जिम्मेबार बनेन राज्य जनताप्रति उत्तरदायि बन्न सकेन ३ बुद्धे सहमति कार्यान्वयन गर्न सकेन राज्यका क्रियाकलापले गर्दा हामी जिम्मेबार बनेका छौ लगतै केन्द्रिय समितिको बैठक बसेर चुनाबबारे नयाँ रणनिति ल्याउँछौ ।

    पार्टीले उत्पादनको नीति बनाएको छ तपाई आफै उत्पादनमा सरिक हुनुभएको देखिन्छ यो के हो?
    एकीकृत जनक्रान्ति भित्र हाम्रो आर्थिक द्धृष्टिकोण कस्तो हुने भन्ने कुरा हो लामो अध्ययन अनुसन्धान गरेपछि संरलेपण गरेको कुरा हो नेताहरु मालिकको खेलौनाबाट जोगिनुपर्छ पार्टी कम्पनीका मालिकबाट जोगिनुपर्छ ।

    पार्टी बैदेशिक उपनिबेशबाट जोगिनुपर्छ । पार्टी नेता आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने द्धृष्टिकोणका साथ हामीले रणनिति बनाएर हामी उत्पादनमा सरिक भएका हौ । नेता कार्यकर्ता जनतालाई आर्थिक क्रियाकलाप पुजीनिर्माण सँग जोडिएर आत्भनिर्भर बन्नको लागि नयाँ अध्यायको सुरुवात गरेका छौ । नेता दुई छाक खानको लागि मालिकको दास बन्न नपरोस् भन्ने रणनितिका साथ आत्मनिर्भर बनाउनको लागि हामीले रणतिनि तय गरेका हौ जसले गर्दा प्रत्येक जिल्लामा हामीले करिब २ बर्षयता उत्पादनको थालनी गरेका हौ हामी खाधान्नमा आत्मनिर्भर बनेका छौ हामीलाई नेपाली जनताको साथ सहयोग रहेको छ ।

    विदेशी सहयोगलाई कसरी विश्लेषण गनुहुन्छ?
    खासगरी विश्व भुमण्डीगृत चरित्रमा पुगेको छ सामाज्यबादी पुजीबाँदी देशले साना अविकसति देशलाई जहिले पनि उत्पिडिन दमनको शिकार बनाईराखेका छन् त्यसको तिब्रता नेपालमा परेको छ । भारतले नेपालको कालापानी लिपुलेक लिम्मियाधुरा क्षेत्रमा गरेको अघिक्रमण सिमा क्षेत्रमा गरेको ज्याजती, अमेरिकाले एमसीसीका नेपालमा जसरी लाद्ने चेस्टा गरेको छ अहिले सबै साम्राज्यबादी पुँजीबादी देशमा रणनीतिले नेपाली जनताले दुख कष्ठ चुनौतीको सामना गनुपरेको छ ।

    जनताको सार्बभौमता स्वाधीनतामा दिन प्रति समस्थाको उजागर भएको छ । परिबर्तनको लागि हजारौले जनताले बलिदान गनुभयो लाखौ जनताले साथ सहयोग गर्नुभएको छ । नेपाली जनताले राष्ट्रिय स्वाधीनता सार्बभौम रक्षाको लागि आन्दोलनको गनुपर्छ हामी तयार छौ । अन्र्तराष्ट्रिय परिस्थितिको सामना गरेर नेपाल र नेपाली जनतालाई विदेशी उपनिबेशबाट मुक्त बनाउछौ ।

    जनयुद्धमा ज्यान गुमाएका परिवार घाइते अपाङ्गका परिवारलाई के सन्देश छ ?
    जनयुद्ध एउटा गौरबपुर्ण विद्रोहको दिन हो जुन आफैमा नेपाली जनताको लागि सबैभन्दा उच्च महत्ब राख्ने दिन हो । त्यसभित्र पनि आफ्नो रगत बलिदान गर्ने प्राण दिने नेपाली जनताको मुक्तिको लागि सम्मान र श्रदाका लागि हाम्रो पार्टीले जहिले पनि सम्मान गर्छ। यो घर्तिमा रहुन्जेलसम्म हामी जहिले पनि सहिदको सम्मान गछौ सहिद जन्माउने आमाबाबु गुमाउने छोराछोरी जीनसगिनी गुमाउने सहिदहरु प्रति सम्मान गछौ क्रान्तिको हैरानीले गर्दा केही रुपरेखा देखा परेतापनि आज सहिदको बलिदान नभएको भए मुलुकमा गणतन्त्र स्थापना हुने थिएन महत्वपुर्ण राजनितिक अधिकारहरु प्राप्त हुने थिएनन्। क्रान्तिमा नेतृत्बमा आएको विचलनले गर्दा केही सहिदको सपनामा केही समस्या देखा परेतापनि ती अपूर्ण सहिदका सपनालाई पुर्णता दिएर लक्ष्यका साथ हाम्रो पार्टीका नेता कार्यकर्ता त्याग निष्ठाका साथ लाग्नुभएको छ सहिद परिबारको पनि साथ सहयोगबाट हामी अगाडि बढेका छौ । देशको परिबर्तनको लागि आफनो ज्यानको आभुति दिनुहुने सहिदहरु प्रति हामी जहिले पनि सम्मान गछौ ।

    अन्त्यमा के भन्न चाहानुहुन्छ ?
    जनयुद्ध दिवस नेपाली जनताको मनमनमा भिजेको छ। सबैको जीवनमा बदलिसकेको पर्व नै हो यद्यपि पछिल्लो समयमा केही समस्याहरू आए । तर पनि जनयुद्धमा कुनै न कुनै रूपले संलग्न नहुने नेपाला मान्छे नै छैन । यद्यपि काङ्ग्रेस–एमालेभित्रको पनि ठूलो पङ्क्ति कुनै न कुनै रूपले जनयुद्धमा संलग्न छ । जनयुद्ध दिवसलाई एउटा उत्सवका रूपमा मनाउनुपर्छ। पहिलो कुरा यो हो ।

    दोस्रो कुरा जनयुद्धको जगमा एकीकृत जनक्रान्तिको विकास हुँदै गएको छ । जनयुद्धलाई उत्सवका रूपमा मनाउँदै गर्दा एउटा नयाँ प्रतिबद्धता गर्न चाहन्छौँ– जनयुद्धको जुन अधुरो पाटो छ राज्यसत्तालाई आमूल परिवर्तन गरेर वैज्ञानिक समाजवाद निर्माण गर्ने जुन लक्ष्य छ, त्यो कार्यभारलाई पूरा गर्न हामी यो उत्सवमा एकीकृत जनक्रान्तिको कार्यभारलाई जोड्दै त्यही उचाइमा देश, परिवार, गाउँ, जिल्ला, क्षेत्र, देशभरि र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत यसलाई उत्सवका रूपमा मनाउनुपर्छ । यो गौरवको इतिहासलाई एकीकृत जनक्रान्तिको कार्यभारसँग जोड्नुपर्छ । एउटा नयाँ प्रतिबद्धतासँग जोड्नुपर्छ । गौरवको इतिहासलाई विजयको इतिहाससँग जोड्नुपर्दछ भन्ने अपिल छ ।

    आइतबार, फागुन ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म
    प्युठानमा १४ जनाको मनोनयन दर्ता
    प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार
    नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता
    नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति
    कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै

    लोकप्रिय

    • १.
      प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी

    • २.
      प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट

    • ३.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    • ४.
      प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि

    • ५.
      प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

    • ६.
      ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव

    भर्खरै

    • १.
      ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

    • २.
      प्युठानमा एक्ली महिला उम्मेदवार सीता विक सम्झना

    • ३.
      झिमरुकमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय, शिक्षक र विद्यार्थी सम्मानित

    • ४.
      प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट चार उम्मेदवार

    • ५.
      गढवामा सातौँ महिला फुटबल प्रतियोगिता सुरु

    • ६.
      गुल्मी–२ बाट कांग्रेसका क्रियाशील सदस्य सुरेन्द्र पाण्डेको स्वतन्त्र उम्मेदवारी

    • ७.
      बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खनाल फाउण्डेशनद्वारा पोशाक वितरण

    • ८.
      प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation