• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

करोडौं ठगीको आरोपमा प्युठानका एक जना पक्राउ


  •   मङ्गलबार, माघ २५, २०७८ मा प्रकाशित
  • कपिलवस्तु। कपिलवस्तु शिवराज नगरपालिका-५ बाट प्रहरीले ठगीको आरोपमा एकजनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा प्युठान झिमरुक गाउँपालिका–६ तोरवाङ बस्ने ५० वर्षीय ईश्वरी प्रसाद पोख्रेल छन् ।  बागमती प्रदेश ०१-०२६ च ४००१ को कारमा सवार पोखरेललाई वडा प्रहरी कार्यालय चन्द्रौटाको चेक प्वाइन्टमा सोमबार  पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    Advertisement

    ठगी गरेको उजुरी परेपछि कपिलवस्तु प्रहरीले पोखरेललाई केही समयदेखि खोजी सूचीमा राखेको थियो। कपिलवस्तु नगरपालिका-१ मालटोलस्थित केजिएन मार्टमा गत असार १८ गते पोखरेलले ठगी गरेको उजुरी प्रहरीमा पुगेको थियो।

    पोखरेलले त्यहाँ पचास हजार बराबरको किराना र कस्मेटिक लगायतको सामान किनेका थिए।कपिलवस्तु विजयनगर गाउँपालिका-४ मा रहेको गौमुखी फिड इण्डष्ट्रिज एण्ड ट्रेडलिंकको प्रोप्राइटर बताएर उनले खरिद गरेबापतको बैंक चेक मार्टमा छोडेका थिए।

    माछापुच्छ्रे बैंक तौलिहवा शाखाको उक्त चेक साट्न जाँदा खातामा रकम नभएको पाइएपछि मार्ट सञ्चालकले प्रहरीमा ठगी मुद्दाको जाहेरी दिएका थिए।पोखरेल पेशाले कृषि पेशामा संलग्न भन्थे। उनी कन्स्ट्रक्सन कम्पनी पनि चलाउँछु भन्थे।

    पोखरेल प्युठान, चितवन, काठमाडौं हुँदै कपिलवस्तुसम्म पुगेको देखिन्छ। उनी भेडीगोठ बाख्रा फार्म प्रालि मकवानपुर, कामधेनु गाई फार्म चितवन, प्रिसा पशुपन्छी तथा कृषि फार्म प्युठान, प्रिन्स कन्स्ट्रक्सन प्रालि काठमाडौं र गौमुखी फिड इन्डस्ट्रिज प्रालि कपिलवस्तुका प्रोप्राइटर भन्दै आएका थिए।

    तर, अहिले पक्राउ पर्दा ती कुनै पनि फार्म तथा कम्पनी स्थापना र सञ्चालन नै नभएको पाइएको कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी बताउँछन्।

    विभिन्न फार्म र कम्पनी आफ्नो बताउँदै पोखरेलले पच्चीस वर्षदेखि ठग्दै हिँडेको पाइएको भण्डारीले बताए। यो बीचमा उनले करोडौं ठगी गरेको भेटिएको छ।उनले आफू माओवादी नेता जनार्दन शर्मा हो भनेर पनि ठगी गरेको भेटिएको भण्डारीले बताए।पोखरेल विभिन्न समयमा पक्राउ पर्दै छुट्दै आएको व्यक्ति रहेको खुलेको उनले बताए।

    भण्डारीका अनुसार उनलाई इलाका प्रहरी कार्यालय बुटवलले २०५७ सालमा पहिलोपटक पक्राउ गरेको थियो।स्थानीय जनतालाई डर त्रास देखाएको कसुरमा उनलाई त्यसबेला सार्वजनिक ऐन अन्तर्गतको मुद्दामा कारबाही भएको थियो।इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीले २०६९ पुस १६ गते उनलाई दोस्रोपटक पक्राउ गरेको थियो।

    तत्कालीन साइन डेभलेपमेन्ट बैङ्कको केन्द्रीय कार्यालयका लेखा प्रमुख भुवन पन्थलाई फोन गरेर उनले ‘म माओवादी नेता जनार्दन शर्मा प्रभाकर हुँ’ भनी ठगेका थिए।‘कामको सिलसिलामा १/२ घण्टाको लागि रकम आवश्यक परेको भन्दै पीडितबाट सात लाख रुपैयाँ ठगेको पाइएको छ,’ भण्डारीले भने, ‘उनी त्यो मुद्दामा जेल चलान भएका थिए।’

    यस्तै, पोखरेललाई तेस्रोपटक महानगरीय प्रहरी परिसर काठमाडौंले २०७३ सालमा पक्राउ गरेको थियो।राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिन्छु भनी १ लाख ५० हजार ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।

    यस्तै, गत पुस ७ गते बैंक खातामा हुँदै नभएको पचास लाख रुपैयाँको चेक काटेर अर्का व्यक्तिलाई पोखरेलले ठगेका थिए। बैंकमा लिन जाँदा चेक बाउन्स भएपछि उनीविरूद्ध बैंकिङ कसुरमा अनुसन्धान भइरहेको छ।

    ठगी गरेर पोखरेल बेपत्ता भएका उजुरीहरू प्रहरीमा थुप्रै छन्।प्रहरी नायब उपरीक्षक भण्डारीका अनुसार २०६४/०६५ सालमा दाङ राप्ती गाउँपालिका वडा-२ मा साइन्स कलेज स्थापना गर्ने र सोमा जागिर लगाइदिने भनी विभिन्न व्यक्तिहरूबाट एक करोड रुपैयाँ उठाएर पोखरेल बेपत्ता भएको खुल्न आएको छ।

    २०६५ सालमा कैलाली जिल्लाको धनगढीस्थित मेडिकल कलेज खोल्ने र सोको लागि लगानी चाहिने भनी विभिन्न व्यवसायी तथा सर्वसाधारणहरूसँग लाखौं रकम ठगी गरी फरार भएको बुझिन आएको भण्डारीले बताए।

    यस्तै, २०७८ सालमा पर्सा जिल्लाको वीरगञ्जमा देवेन्द्रकुमार कर्णले सञ्चालन गरेको जगदम्बा सेल्स ट्रेडिङमा गएर आफू गौमुखी फिड इन्डष्ट्रिजको सञ्चालक भनी ४७ लाख बराबरको च्यानल गेट, एङ्गल तथा रड खरिद गरी पैसा नभएको बैंक चेक दिएर फरार भएको खुलेको छ।

    यस्तै, गत माघ ५ गते गोयल कम्पनीको बिक्रेता भैरहवाको सिद्धार्थ हार्डवेयरबाट २३ लाख रुपैयाँको सामान लिएर पैसा नभएको बैंक चेक दिएर फरार भएको पाइएको छ।

    गत कात्तिक ३० गते पोखरेल नेपाली सेनाको ठेकेदार भन्दै चितवनको टाँडीस्थित रिजाल फुड एन्ड वेभरेज प्रालिमा पुगेका थिए। त्यहाँबाट २८ लाख रुपैयाँको सामान किनेर पैसा नभएको चेक दिई फरार भएको खुलेको छ।यस्तै, नवलपरासीको समृद्धि स्टिल कम्पनीमा २५ लाख, प्युठान सिमेन्ट कारखानामा २० लाख, गोल्छा अर्गनाइजेसनबाट ३० लाख र काठमाडौं टेकुको निर्मणी मेशिनरी सप्लायर्सबाट एक लाख २७ रुपैयाँ बराबरको सामान लिएर चेक दिई फरार भएको पत्ता लागेको छ। पोखरेलले ठगी गरेका अन्य थ्रुप्रै व्यक्ति रहेको हुनसक्ने आशंकामा खोजी तथा अनुसन्धान भइरहेको भण्डारीले बताए।

    मङ्गलबार, माघ २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation