• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

ब्याडमिन्टन स्टार प्रिन्स बने ब्राण्ड एम्बेस्डर


  •   सोमबार, माघ १७, २०७८ मा प्रकाशित
  • विराटनगर। ब्याडमिन्टनका स्टार प्रिन्स दाहाललाई विराटनगर १२ मा रहेको बन्जरा एग्रोले वार्षिक १० लाख र विदेश जाने आउने २ वटा टिकट दिएर ब्राण्ड एम्बेस्डर बनाएको छ ।
    बञ्जरा एग्रो प्रा.लि.को कार्यालयमै सोमबार आयोजित एक कार्यक्रमबीच जुनियर ब्याडमिन्टन वल्र्ड च्याम्पियन प्रिन्स दाहाल र एग्रोको तर्फबाट संचालक संजय चापागाईंले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
    सम्झौता भएसँगै अब प्रिन्स दाहालले खेल्ने जुनसुकै प्रतियोगितामा लगाउने टिसर्टको अगाडि दाहिनेपट्टिको छातिमा बञ्जरा एग्रोको लोगो हुनेछ । यस्तै बन्जरा एग्रोले उत्पादन गरेका कृषिजन्य वस्तुमा प्रिन्सको फोटो टाँसिने छ ।
    सम्झौता गर्ने कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य तथा नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुवास श्रेष्ठ, ब्याडमिन्टनका अन्तराष्ट्रिय बरिष्ठ एम्पायर उदय अर्याल, ब्याडमिन्टन खेल नेपालका प्रमुख प्रशिक्षक सुदिप योञ्जन, प्रिन्सका मेनेजर तथा खेतान स्पोर्टस फाउन्डेसनका सिइओ विकास खेतान, अपि स्पोर्टस इभेन्ट म्यानेजमेन्ट कम्पनीका सिइओ कमलेश निरौलालगायतको उपस्थिति थियो ।
    कार्यक्रममा बोल्दै राखेपको बोर्ड सदस्य सुवास श्रेष्ठले प्रिन्स दाहाललाई २०२४ हुने ओलम्पिकमा जसरी पनि सहभागी गराउने बताए । उनले अहिलेसम्म प्रिन्सले आफ्नै प्रयासमा इतिहास रचेको भन्दै खेलकुद परिषदको तर्फबाट उनलाई अबका अन्तर्राष्ट्रिय खेलमा सहभागी गराउन सबै खालको सहयोग गर्ने बताए । यस्तै ब्याडमिन्टनका अन्तर्राष्ट्रिय उम्पायर अर्यालले कृषि क्षेत्रबाट खेलकुदको क्षेत्रमा भएको यो अत्यन्तै ठूलो सहयोग भन्दै बञ्जरा एग्रोलाई धन्यवाद दिए ।
    कार्यक्रममा बोल्दै बञ्जरा एग्रोका संचालक संजय चापागाईंले आफूहरुले खेल क्षेत्रमा र त्यसमा पनि ब्याडमिन्टनलाई नै रोज्नुको कारणबारे प्रष्ट पारेका थिए । कार्यक्रमको अवसरमा दाहाल र अर्याललाई बञ्जरा एग्रोले सम्मानसमेत गरेको थियो ।
    बञ्जरा एग्रो विराटनगरकै गजेन्द्र शर्मा बञ्जरा तथा चापागाईंको संयुक्त लगानीमा विराटनगरमा स्थापना गरिएको कृषि फार्म हो । गजेन्द्र शर्मा हाल चीनको राजधानी बेइजिङमा बस्छन् । हालसम्म ८ करोडभन्दा बढी लगानी भएको एग्रोले पशुपालन, कृषि, दूध तथा दुग्धजन्य पदार्थको उत्पादनमा जोड दिने जनाएको छ।

    Advertisement

    को हुन् प्रिन्स दाहाल ?

    नेपाली ब्याडमिन्टन स्टार प्रिन्स दाहाल जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा पुग्दै इतिहास रच्ने नेपालका पहिलो खेलाडी हुन् दाहाल । विश्व ब्याडमिन्टन फेडेरेसनले जारी गर्ने वार्षिक वरियतामा सिंगलतर्फ उनी पहिलो नम्बरमा छन् । ओलम्पिक मान्यता प्राप्त खेलमा नेपाली खेलाडी विश्व वरियताको शीर्ष स्थानमा पुगेको यो पहिलो हो ।
    मान्यता प्राप्त प्रतियोगिताहरूको प्रदर्शनका आधारमा फेडेरेसनले हरेक साता जारी गर्ने विश्व वरीयता यसपल्ट एक वर्षपछि सार्वजनिक गरेको हो । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता नभएकाले नियमित वरीयता सार्वजनिक गर्न ढिला भएको थियो । अघिल्लो वर्ष प्रिन्स तेस्रो स्थानमा थिए ।
    फेडेरेसनले गत पुसमा सार्वजनिक गरेको विश्व वरीयतामा प्रिन्स १० हजार ४ सय अंकका साथ शीर्ष स्थानमा परेका हुन् । कोरोना महामारी सुरु भएयता कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाएका प्रिन्सको वरीयता अंक भने सुधार हुन सकेको छैन ।
    विश्व ब्याडमिन्टन वा ब्याडमिन्टनको महादेशीय फेडेरेसनबाट मान्यता पाएका च्यालेन्ज कप र इन्टरनेसनल सिरिजमा गरेको प्रदर्शनका आधारमा वरीयता निर्धारण हुने गर्छ । पहिलो चरणबाटै बाहिरिएबाहेक हरेक चरणको निश्चित अंकका आधारमा प्रिन्सको १० हजार ४ सय अंक पुगेको हो ।
    विश्व वरीयतामा शीर्ष स्थानमा पुगेसँगै प्रिन्सले यसलाई कायम राख्न सकेमा आसन्न जुनियर विश्व च्याम्पियनसिपमा आकर्षणको केन्द्र बन्नेछन् । यो प्रतियोगिता अघिल्लो वर्षको फेब्रुअरीमै आयोजना हुने तालिका भए पनि कोभिडका कारण स्थगित भएको छ ।

    सोमबार, माघ १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...