• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असार २५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दाङमा पेस्तोलसहित एक युवक पक्राउ

गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

प्युठानमा एचआईभी संक्रमितको जीवनस्तर उकास्न कार्यविधि बन्ने

प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल

लोकप्रिय समाचार

  • १. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • २. सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

  • ३. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • ४. प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

  • ५. चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने

  • ६. गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

  • ७. नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

  • ८. गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

  • ९. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

  • १०. दाङमा बाघको छालासहित तीन जना पक्राउ

अशक्त ब्यक्ति र जेष्ठ नागरिकलाई न्यानो कपडा


  •   सोमबार, माघ १०, २०७८ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । लमही नगरपालिका वडा नम्बर ४ निवासी श्रबन चौधरीको खुट्टाले काम गर्दैन ।

    Advertisement

    केही पाईला सार्नपनि उनलाई गाह्रो पर्छ । सरकारले दिने अशक्त अपाँगता भत्ता त पाउँछन् । तर त्यतीले मात्र आफ्नो सबै आबस्यक्ता पुर्ती गर्न उनलाई हम्मे हम्मे पर्छ ।यो चिसोमा न्यानो कपडा खरिद गर्न मन त छ उनलाई । तर पर्याप्त पैशा भने छैन ।
    यस्तै यस्तै पिडाले थलिएका अपाँगता भएका ब्यक्ती र जेष्ठ नागरिकहरुलाई लमही नगरपालिका वडा नम्बर ४ ले सोमबार वडा कार्यालयमा निम्त्यायो ।

    त्यहाँ पुग्दा श्रबनलाई न्यानो ब्ल्याङ्केटले सम्मान गरियो । समय सापक्ष ब्ल्याङ्केट पाउँदा उनी खुसी भए । यो जाडोमा ओड्ने कपडा चाहिएको थियो, आफै किन्दा खर्च बढ्थ्यो तर वडाले निशुल्क दियो श्रबनले भने । उनी जस्तै श्याम कुमारी पौडेलपनि समस्यामा थिईन । जाडोमा हातखुट्टा दुख्ने समस्या छ उनलाई । अब भने न्यानो ब्ल्याङ्केट ओड्दा केही समस्या हल हुने र आराम मिल्ने भन्दै पौडेलले खुसी ब्यक्त गरिन ।

    चौधरी र पौडेललाई मात्र होईन, वडा कार्यालयले वडा अन्तरगतका २ सय ८ जना जेष्ठ नागरिक र अपाँगता भएका ब्यक्तीहरुलाई न्यानो कपडाले सम्मान गरेको छ। वडाले ७ लाख रूपैया बजेट छुट्याएर सम्मान कार्यक्रमको आयोजना गरेको हो ।
    कठ्याँग्रिदो यो चिसोमा न्यानो ब्ल्याङ्केट आबस्यक पर्ने भन्दै सम्मान स्वरुप ब्ल्याङ्केट बितरण गरिएको वडाध्यक्ष सुवास न्यौपानेले बताए ।
    “आफै खरिद गर्ने सबैसँग पैशा हुँदैन, त्यस्ता आमाबुवालाई जाडो छलाउन त पर्यो वडाध्यक्ष न्यौपानेले भने-त्यसैले हामीले ब्ल्याङ्केट दिने निर्णय गरेका हौँ ।”

    वडाध्यक्ष सुवास न्यौपानेको अध्यक्षता तथा लमही नगरप्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्य एबम नगर उपप्रमुख देवका बेलबासेको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा नगरप्रमुख केसीले जेष्ठ नागरिकको कोखबाट नै आफुहरु जन्मिएको स्मरण गर्दै उहाँहरुलाई सधै सम्मान गर्नुपर्ने धारणा राखे । अपहेलनाको सिकार बनिरहेका बृद्दबृद्दा, अपाँगता भएका ब्यक्तीहरुलाई गरिएको यो सम्मानले समाज परिबर्तन उन्मुख रहेको सन्देश दिने बताए ।
    कार्यक्रमको सञ्चालन सनम नेपालीले गरेका थिए । यो भन्दा अगाडि लमही नगरपालिका मार्फत नगरका ५,७ र ८ नम्बर वडामा सम्मान कार्यक्रम गरिसकिएको छ ।

    सोमबार, माघ १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै
    गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित
    कर्णालीका ७९ स्थानीय तहका छोरीहरू भेला, समानताको पक्षमा आवाज
    रिब्दीकोट–१ मा एकल महिला–पुरुषलाई सम्मान
    कालीकोटमा मानवअधिकार रक्षकको सवालमा अन्तरक्रिया
    घोराहीमा कुसुन्डा समुदायसँग जलवायु छलफल

    लोकप्रिय

    • १.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • २.
      सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको

    • ३.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ४.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    • ५.
      चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म

    • ६.
      गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

    भर्खरै

    • १.
      दाङमा पेस्तोलसहित एक युवक पक्राउ

    • २.
      गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

    • ३.
      गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

    • ४.
      सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

    • ५.
      प्युठानमा एचआईभी संक्रमितको जीवनस्तर उकास्न कार्यविधि बन्ने

    • ६.
      प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

    • ७.
      वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

    • ८.
      कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...