कपिलवस्तु , चन्द्रौटा । कपिलवस्तुको चन्द्रौटामा युवाहरुका लागि लुम्बिनी प्रदेशको निती तथा कार्यक्रम र सभासदहरूको भुमिका विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम बोल्ने वक्ताहरुले प्रदेश कतिपय युवा लक्षित कार्यक्रममा पनि युवा हरु सहभागी हुन नसकेको र युवामत्री नीति निर्माणमा गर्नुपर्नेमा जोड दिएका छन् ।
लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउन पहल गर्ने बताउनुभयो । प्रदेश विभिन्न योजनामा युवालाइ समेटिएको भन्दै थप क्रियाकलाप आफुले सक्दो सहयोग गर्ने बताउनुभयो । कतिपय युवाहरु वैदेशिक रोजगारी भन्दै ठगीएका घटना स्मरण गर्दै देशमै कृषि पशुपालन लगायतका काम गर्न सुझाब दिनुभयो । सरकारले व्यवसायीक कर्जाको व्याजमा केही सहुलियत गरेको भन्दै लाभान्वित हुनुपर्ने बताउनुभयो ।
जिल्ला युवा क्लब सञ्जाल कपिलवस्तुको आयोजना, आदर्श युवा क्लब तथा युवा सूचना केन्द्र विजयनगरको समन्वय र इन्द्रेणी ग्रामीण विकास केन्द्र गोरुसिंगे कपिलवस्तुको सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रम जिल्ला युवा क्लब सञ्जाल कपिलवस्तुका संयोजक प्रभात न्यौपानेको अध्यक्षता, लुम्बिनी प्रदेश सांसद माननीय विष्णु पन्थीको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमको सञ्चालन आदर्श युवा क्लब तथा युवा सूचना केन्द्र विजयनगरका अध्यक्ष दिनेश तिमल्सिनाले गर्नुभएको थियो । यस्तै जिल्ला युवा क्लब सञ्जालकी सचिव कविता थारुले कार्यक्रमबारे प्रस्तुतिकरण दिनुभएको थियो ।