• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ०४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

‘१२ भाइले ओलीलाई छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’ : सूर्य थापा

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ४. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ५. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • ६. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ७. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ८. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ९. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • १०. धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

गलकोटमा धार्मिक महोत्सवबाट ३ करोड बढि रकम संकलन


  •   मङ्गलबार, मङि्सर २१, २०७८ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । यहाँको लक्ष्मीनारायण मन्दिर एउटा निकै पुरानो धार्मिक स्थलको रुपमा परिचित छ । गलकोट नगरपालिका वडा नं ९ छिस दरबारामा रहेको उक्त मन्दिर पछिल्लो समय धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास भईरहेको छ ।

    Advertisement

    मंसिर ६ गते देखि मन्दिरमा आयोजना गरिएको
    महायज्ञ तथा विश्व जागरणात्मक धार्मिक महोत्सव सोमबार सम्पन्न भएको छ । पञ्चकुण्डीय हवनात्मक साङ्ग श्री लक्ष्मीनारायण धार्मिक महोत्सव अवधिभर नगद रु ३ करोड ४८ लाख आर्थिक सहयोग संकलन गरिएको महोत्सव व्यवस्थापन समितिका कोषाध्यक्ष यज्ञप्रसाद सापकोटाले जानकारी दिए ।

    १५ दिनसम्म सञ्चालित उक्त धार्मिक महोत्सवमा सुप्रसिद्ध कथा वाचिका यशोदा माता र युवा व्यास प्रखर भागवत वक्ता सुदर्शन रामानुजदास सन्तोषले श्रीमद्भागवत कथाको प्रवचन दिएका थिए । बाजागाजा, पञ्च कलश, शोभायात्रा सहित शुभारम्भ भएको धार्मिक महोत्सवमा सवा करोड दिप प्रज्वलन गरिएको थियो । सो अवसरमा प्रखर धर्म गुरुहरुको आतिथ्यता सँगै सन्तहरुको कुम्भ मेला गरिएको थियो । महोत्सव अवधिभर दैनिक भजन किर्तन, साँगतिक झाँकी सहितका साँस्कृतिक प्रस्तुतीहरु समेत प्रस्तुत गरिएको महोत्सव मुल आयोजक समितीले जनाएको छ ।

    नगद रु ५ करोड आर्थिक संकलन गर्ने लक्ष्य अनुरुप धार्मिक महोत्सव सञ्चालन गरिएको थियो । महोत्सवलाई स्वदेश तथा विदेशबाट सहयोगदाताले उल्लेख्य सहयोग गरेका छन ।
    महोत्सवमा कलाकार, आर्थिक सहयोगदाता तथा विभिन्न क्षेत्रबाट महोत्सवलाई सफल पार्न सहयोगी भुमिका निर्वाह गर्नुहुने व्यक्तित्व एवं संघ संस्थालाई अभिनन्दन गरिएको थियो ।

    मन्दिरलाई धार्मिक महोत्सवबाट संकलित रकम मार्फत लक्ष्मीनारायण मन्दिरको जीर्णोद्धार सँगै विविध सेवा सहितको प्रसिद्व दिव्यधाम निर्माण, गौशाला निर्माण, वृद्धा आश्रम, संस्कृत विद्यालय स्थापना, वेदशास्त्र समेतको सेवा गर्दै भगवानको पूर्ण आराधना गर्ने स्थलको रुपमा विकास गरिने उद्येश्य रहेको महोत्सव व्यवस्थापन समितिका अध्यक्ष इन्द्रमणी सापकोटाले जानकारी दिए ।

    धार्मिक महोत्सवले लक्ष्मीनारायण मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न महत्वपुर्ण टेवा पुगेको अध्यक्ष सापकोटाको भनाई छ । यसले गलकोट नगरको धार्मिक पर्यटनमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सहयोग पुग्ने धार्मिक महोत्सव प्रचार प्रसार समितिका संयोजक मित्रलाल खरेलले बताए । वि.सं २०२५ माघ ७ मा प्राण प्रतिष्ठा सहित शुभारम्भ गरिएको सो मन्दिरमा वैदिक पाञ्चरात्र विधी अनुसार पूजा अर्चना हुँदै आएको छ ।

    मन्दिरका पिठाधिस स्वामी जगन्नाथ आचार्यले
    विविध सेवा सहित दिव्यधाम निर्माणको लागि गुरुयोजना तयार गरि प्राविधिकहरुको सहयोगमा स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारबाट आर्थिक सहयोग लिई निर्माण कार्य अगाडि बढाईने मन्दिर व्यवस्थापन समितीले जनाएको छ ।

    मङ्गलबार, मङि्सर २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु
    नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा
    चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी
    धनुषाका ३८८ परिवारले पाए लालपुर्जा
    बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’
    देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ४.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ५.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ६.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    भर्खरै

    • १.
      ‘१२ भाइले ओलीलाई छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’ : सूर्य थापा

    • २.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ३.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • ४.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    • ६.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    • ७.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

    • ८.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation