• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

संविधान र संसद्‌बाट नै निकास खोजौं : सूर्य थापा

राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

कांग्रेसभित्रै गृहमन्त्री लेखकको राजीनामा माग

बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

लुम्बिनी प्रदेशमा मनाइयो निजामती सेवा दिवस

१० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा सुरु

लोकप्रिय समाचार

  • १. गढवामा गोबरडिहा आयुर्वेद औषधालयबाट शिरोधारा सेवा र चूर्ण औषधि उत्पादन सुरु

  • २. वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा सुरु

  • ३. पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

  • ४. प्रशासनिक र वित्तीय संघीयतालाई बलियो बनाउन जोड

  • ५. प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

  • ६. बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

  • ७. १० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

  • ८. लुम्बिनी प्रदेशमा मनाइयो निजामती सेवा दिवस

  • ९. कांग्रेसभित्रै गृहमन्त्री लेखकको राजीनामा माग

  • १०. राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

प्यूठानमा नागरिकता बनाउनेको भिड


  •   शनिबार, मङि्सर ०४, २०७८ मा प्रकाशित
  • अनुज पछाई,प्यूठान।  जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भिड बढ्दो छ ।  चाडपर्वको विदा र खेतिपातिको कार्य सकिएपछि प्रशासनमा भिड बढ्दै गएको जिल्ला प्रशासन कार्यालय प्यूठानले जनाएको छ । दैनिक एक सयको हारहारीमा सेवाग्राही आउने गरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले जानकारी दिए । हरेक वर्ष दसैं–तिहारकोसंगै खेतिपाति भित्राइसकेपछिको समयमा जिल्ला प्रशासन कार्यालयमा यसैगरी नागरिकता, राहदानी बनाउने, नाता प्रमाणित गर्ने जस्ता कामका लागि सेवाग्राहीको चाप बढ्ने गरेको पाइन्छ । जिल्ला प्रशासन कार्यालय प्यूठानमा पनि नागरिकता, राहदानी सहित विभिन्न सेवा लिनेहरुको चाप बढेको छ । यहाँ अन्य समयमा दैनिक ४० देखि ५० जनाले नागरिकता, २० भन्दा बढीले प्रतिलिपी लिने गर्दछन् । अहिले चाडपर्बको विदा संगै खेतिपातिको कार्य सकिएर कार्यालय खुलेपछि एकै दिन १ सय बढीले नयाँ नागरिकता लिएको जिल्ला प्रशासन कार्याल्य प्यूठानका कार्यालय सहयोगी सन्तोष अधिकारीले जानकारी दिए । अन्य कार्यालयहरुमा भन्दा यो बेला नागरिकता र राहदानी बनाउनेहरुको चाप बढने गर्दछ । चाडपर्वको बेला स्वदेश तथा विदेशमा रहेकाहरु चाडपर्व मनाउन आउने र यहिँ समयलाई सदुपयोग गरेर नागरिकता, राहदानी बनाउन आउने भएकाले अन्य समयमा भन्दा बढी चाप हुने गरेको छ । जिल्ला बाहिरका सहर तथा विदेशमा रहेका अधिकांश जिल्लावासीहरु दसैं–तिहारका बेला घर फर्किने गरेकाले यही मौकामा प्रशासनिक कामकाज सकेर फर्किने गरेको कर्मचारीहरु बताउँछन् । प्यूठान जिल्लामा जति नयाँ नागरिकता बन्छन्, त्यसको ३० प्रतिशत भन्दा धेरै प्रतिलिपि बन्ने गरेको तथाङक रहेको छ । नागरिकताको प्रतिलिपि बनाउनेको संख्या बढ्दै जाँदा यसले अन्य सेवाग्राही र सेवा दिने कर्मचारीलाई समेत प्रभावित पारिरहेको प्रमुख जिल्ला अधिकारी भुषालले बताए । यहाँ यस आर्थिक वर्षको तीन महिनामा मात्र दुइ हजार २ सय बढीले नयाँ नेपाली नागरिकता लिएका छन् । असोजमा ४ सय १३ जनाले नयाँ नागरिकता बनाएका छन् भने ४ सय ४५ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । त्यस्तैकार्तिक महिनामा नयाँ नागरिकता ८५३ र प्रतिलिपिल ४ सय ४९ ले लिएका छन । उता राहादानी बनाउनेको सङख्यामा पनि बृद्धि भएको छ । गत असोज महिनामा २०६ जनाले राहादानीको लागी आबेदन दिएकोमा यो सङख्या बडेर कार्तिक महिनामा ६८३ पुगेको छ । असोजमा १५२ जनाले जिल्ला प्यूठानमा दर्ता गरेका थिए भने ५४ जनाले दुत्र सेवाको लागी दर्ता गरेका थिए । जसमध्य महिला ३१ जना र पुरुष १७५ जना रेहेकोजिल्ला प्रशासन कार्यालयका नासु महेन्द्र बिष्टले जानकारी दिए । त्यस्तै कार्तिक महिनामा ४४ जना महिला र ५१४ जना पुरुषले राहदानिको लागी आबेदन दिएको नासु बिष्टले बताए ।
    कार्यालयका अनुसार विशेष गरी नयाँ नेपाली नागरिकता बनाउने बढिरहेका छन् । जिल्ला प्रशासन कार्यालयबाट नागरिकता, नागरिकताको प्रतिलिपी, राहदानी, नाबालक परिचयपत्र, अन्य सिफारिस लिने गरेका छन् । प्रशासनबाट नागरिकलाई सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, सेनिटाइटर प्रयोग गर्ने भनिए पनि अधिकासं सेवाग्राहीहरुले भने व्यवास्ता गरेका छन् ।

    Advertisement

    शनिबार, मङि्सर ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो
    लन्डनको  हुलउइचमा तीज मिलन शुभकामना आदानप्रदान
    भदौ १ मा रास्वपा महामन्त्री बुर्लाकोटी प्युठान आउने
    अब हाँस्छ बर्दिवास’ गाईजात्रा विशेष हास्यव्यङ्ग्य
    केक होइन, ओढ्ने–ओच्छ्याउने सामग्री दिएर मनाए जन्मदिन
    राकेश महतो नेतृत्वमा एनआरएनए मलेसियाको नयाँ कार्यसमिती चयन

    लोकप्रिय

    • १.
      गढवामा गोबरडिहा आयुर्वेद औषधालयबाट शिरोधारा सेवा र

    • २.
      वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा

    • ३.
      पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच

    • ४.
      प्रशासनिक र वित्तीय संघीयतालाई बलियो बनाउन जोड

    • ५.
      प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

    • ६.
      बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

    भर्खरै

    • १.
      संविधान र संसद्‌बाट नै निकास खोजौं : सूर्य थापा

    • २.
      राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

    • ३.
      कांग्रेसभित्रै गृहमन्त्री लेखकको राजीनामा माग

    • ४.
      बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

    • ५.
      लुम्बिनी प्रदेशमा मनाइयो निजामती सेवा दिवस

    • ६.
      १० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

    • ७.
      प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

    • ८.
      पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation