• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ६. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ७. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

आलुखेती गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिन विज्ञको सुझाव


  •   बुधबार, मङि्सर ०१, २०७८ मा प्रकाशित
  • काठमाडौं । आलु सदाबहार तरकारी मानिन्छ । भान्सामा आलु प्राःय छुट्दैन । जुनसुकै तरकारीमा पनि सहजै मिल्ने अनि विभिन्न परिकारहरु बनाएर पनि खान सकिने आलु नगदेबाली हो ।

    Advertisement

    जाडोयाम लागेसँगै तराई तथा पहाडी क्षेत्रका किसानले आलु रोप्न थालेका छन् । काठमाडौं उपत्यका, तराई र पहाडी क्षेत्रमा जाडोयाम लागेसँगै आलुखेतीको सिजन सुरु हुन्छ । छोटो समयमा तयार हुने र थोरै जग्गाबाट पनि अरु बालीको तुलनामा उत्पादन बढी लिन सकिने भएकाले धेरै जसो किसानले आलुखेती गर्दै आएका छन् । आलु उत्पादन गर्नेहरु बढ्दै गएपनि अझै पनि नेपाल आलुमा आत्मनिर्भर हुन सकेको छैन । खाद्यान्नमा सबैभन्दा धेरै धानरचामल र तरकारीमा आलु आयात हुन्छ । अघिल्लो आर्थिक वर्षमा ८ अर्ब भन्दा धेरैको आलु आयात भएको छ ।

    यसपाली बेमौसमी वर्षाले धेरै किसानको धानबालीमा क्षति भयो । जमिन भिजेर चिस्सै छ । धानबालीमा क्षति भए पनि अब आलुखेती गरी आम्दानी लिन सकिन्छ । आलुखेती गरी उत्पादन धेरै लिन मुख्यतः आलु रोप्नु अगाडि बिउ छनोट र जग्गाको व्यवस्थापनमा ध्यान दिन कृषि विज्ञको सुझाव छ । नेपालमा १६ वटा आलुका जात सिफारिस भएका छन् । आफ्नो क्षेत्रमा सिफारिस भएका जात, मझौला दाना तथा टुसा परेका तर नचाउरिएका दाना ड्याङ्ग बनाएर रोप्न राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमका बरिष्ठ वैज्ञानिक प्रकाश भट्टराईको सुझाव छ । आलु बुरबुराउँदो र हल्का तथा मलिलो माटोमा धेरै फल्छ । आलुका लागि चिसो मौसम र तापक्रम १५ देखि २० डिग्री सेल्सियस उपयुक्त हुन्छ ।

    यसपाली कात्तिकको सुरुवातमा पानी धेरै परेकाले माटोमा चिस्यान रहेकाले यो बेलामा धेरै सिँचाइ नचाहिँने वरिष्ठ वैज्ञानिक भट्टराईले बताउनुभयो । नेपालको तराई तथा भित्रि मधेशको लागि कुफ्रिसिन्दुरी, आईपीवाई–८ सिफारिस गरिएका जात रहेका छन् । तर खुमल रातो–२ सहित अरु स्थानीय जात पनि लगाउने गरिएको छ । मध्य पहाडी क्षेत्रमा डेजिरे, जनकदेव, खुमल सेतो–१, खुमल लक्ष्मी लगाउन सकिन्छ । त्यस्तै उच्च पहाडी क्षेत्रमा राम्रो उत्पादन दिने जातहरुमा कुफ्रि ज्योति, जनकदेव, खुमल सेतो–१, खुमल लक्ष्मी, खुमल उज्वललगायत रहेका छन् । आलु रोप्नु भन्दा १५÷२० दिन अगाडि नै बीउको व्यवस्था गरी राम्ररी टुसा उम्रेपछि रोप्न उहाँको सुझाव छ ।

    अहिले लगाएको आलुमा पछि विभिन्न रोग किरा देखिन सक्ने भएकाले बिउ छनोटमा ध्यान दिनुपर्ने हुन्छ । रातो कमिला लाग्न नदिन पाकेको अर्थात् राम्ररी कुहिएको गोबर मल प्रयोग गर्न, चिस्यानको मात्रा कायम राख्न तथा आलु रोप्नु अगाडी तीतेपाती, केतुकी, वनमारा असुरो जस्ता वनस्पतिमा गाईको गहुँतमा पानीको मात्रा मिलाएर माटोमा छर्न सकिन्छ । साथै वर्षेनी एउटै बीउ प्रयोग नगर्न, काटेर नरोप्न पनि राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमका वरिष्ठ वैज्ञानिक भट्टराईको सुझाव छ ।

    काटेको आलुमा जीवाणु तथा विषाणु सजिलै सर्न सक्ने हुन्छ । आलुमा लाग्ने मुख्य रोग रातो कमिलो, डढुवा, खुम्रे किरा, फेद कुहिने हुन् । नगदेबाली आलु तराई, भित्री मधेश र मध्य पहाडी क्षेत्रमा तरकारी तथा उच्च पहाडी क्षेत्रमा तरकारीका साथै खाद्यान्नका रुपमा प्रयोग गरिन्छ ।

    बुधबार, मङि्सर ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation