• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

संविधान र संसद्‌बाट नै निकास खोजौं : सूर्य थापा

राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

कांग्रेसभित्रै गृहमन्त्री लेखकको राजीनामा माग

बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

लुम्बिनी प्रदेशमा मनाइयो निजामती सेवा दिवस

१० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा सुरु

लोकप्रिय समाचार

  • १. गढवामा गोबरडिहा आयुर्वेद औषधालयबाट शिरोधारा सेवा र चूर्ण औषधि उत्पादन सुरु

  • २. वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा सुरु

  • ३. पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

  • ४. प्रशासनिक र वित्तीय संघीयतालाई बलियो बनाउन जोड

  • ५. प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

  • ६. बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

  • ७. १० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

  • ८. लुम्बिनी प्रदेशमा मनाइयो निजामती सेवा दिवस

  • ९. कांग्रेसभित्रै गृहमन्त्री लेखकको राजीनामा माग

  • १०. राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

आलुखेती गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिन विज्ञको सुझाव


  •   बुधबार, मङि्सर ०१, २०७८ मा प्रकाशित
  • काठमाडौं । आलु सदाबहार तरकारी मानिन्छ । भान्सामा आलु प्राःय छुट्दैन । जुनसुकै तरकारीमा पनि सहजै मिल्ने अनि विभिन्न परिकारहरु बनाएर पनि खान सकिने आलु नगदेबाली हो ।

    Advertisement

    जाडोयाम लागेसँगै तराई तथा पहाडी क्षेत्रका किसानले आलु रोप्न थालेका छन् । काठमाडौं उपत्यका, तराई र पहाडी क्षेत्रमा जाडोयाम लागेसँगै आलुखेतीको सिजन सुरु हुन्छ । छोटो समयमा तयार हुने र थोरै जग्गाबाट पनि अरु बालीको तुलनामा उत्पादन बढी लिन सकिने भएकाले धेरै जसो किसानले आलुखेती गर्दै आएका छन् । आलु उत्पादन गर्नेहरु बढ्दै गएपनि अझै पनि नेपाल आलुमा आत्मनिर्भर हुन सकेको छैन । खाद्यान्नमा सबैभन्दा धेरै धानरचामल र तरकारीमा आलु आयात हुन्छ । अघिल्लो आर्थिक वर्षमा ८ अर्ब भन्दा धेरैको आलु आयात भएको छ ।

    यसपाली बेमौसमी वर्षाले धेरै किसानको धानबालीमा क्षति भयो । जमिन भिजेर चिस्सै छ । धानबालीमा क्षति भए पनि अब आलुखेती गरी आम्दानी लिन सकिन्छ । आलुखेती गरी उत्पादन धेरै लिन मुख्यतः आलु रोप्नु अगाडि बिउ छनोट र जग्गाको व्यवस्थापनमा ध्यान दिन कृषि विज्ञको सुझाव छ । नेपालमा १६ वटा आलुका जात सिफारिस भएका छन् । आफ्नो क्षेत्रमा सिफारिस भएका जात, मझौला दाना तथा टुसा परेका तर नचाउरिएका दाना ड्याङ्ग बनाएर रोप्न राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमका बरिष्ठ वैज्ञानिक प्रकाश भट्टराईको सुझाव छ । आलु बुरबुराउँदो र हल्का तथा मलिलो माटोमा धेरै फल्छ । आलुका लागि चिसो मौसम र तापक्रम १५ देखि २० डिग्री सेल्सियस उपयुक्त हुन्छ ।

    यसपाली कात्तिकको सुरुवातमा पानी धेरै परेकाले माटोमा चिस्यान रहेकाले यो बेलामा धेरै सिँचाइ नचाहिँने वरिष्ठ वैज्ञानिक भट्टराईले बताउनुभयो । नेपालको तराई तथा भित्रि मधेशको लागि कुफ्रिसिन्दुरी, आईपीवाई–८ सिफारिस गरिएका जात रहेका छन् । तर खुमल रातो–२ सहित अरु स्थानीय जात पनि लगाउने गरिएको छ । मध्य पहाडी क्षेत्रमा डेजिरे, जनकदेव, खुमल सेतो–१, खुमल लक्ष्मी लगाउन सकिन्छ । त्यस्तै उच्च पहाडी क्षेत्रमा राम्रो उत्पादन दिने जातहरुमा कुफ्रि ज्योति, जनकदेव, खुमल सेतो–१, खुमल लक्ष्मी, खुमल उज्वललगायत रहेका छन् । आलु रोप्नु भन्दा १५÷२० दिन अगाडि नै बीउको व्यवस्था गरी राम्ररी टुसा उम्रेपछि रोप्न उहाँको सुझाव छ ।

    अहिले लगाएको आलुमा पछि विभिन्न रोग किरा देखिन सक्ने भएकाले बिउ छनोटमा ध्यान दिनुपर्ने हुन्छ । रातो कमिला लाग्न नदिन पाकेको अर्थात् राम्ररी कुहिएको गोबर मल प्रयोग गर्न, चिस्यानको मात्रा कायम राख्न तथा आलु रोप्नु अगाडी तीतेपाती, केतुकी, वनमारा असुरो जस्ता वनस्पतिमा गाईको गहुँतमा पानीको मात्रा मिलाएर माटोमा छर्न सकिन्छ । साथै वर्षेनी एउटै बीउ प्रयोग नगर्न, काटेर नरोप्न पनि राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमका वरिष्ठ वैज्ञानिक भट्टराईको सुझाव छ ।

    काटेको आलुमा जीवाणु तथा विषाणु सजिलै सर्न सक्ने हुन्छ । आलुमा लाग्ने मुख्य रोग रातो कमिलो, डढुवा, खुम्रे किरा, फेद कुहिने हुन् । नगदेबाली आलु तराई, भित्री मधेश र मध्य पहाडी क्षेत्रमा तरकारी तथा उच्च पहाडी क्षेत्रमा तरकारीका साथै खाद्यान्नका रुपमा प्रयोग गरिन्छ ।

    बुधबार, मङि्सर ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो
    जागीर छोडेर गाउँमै बाख्रापालनमा सफलता पाएका रविन्द्र
    लुम्बिनी–गण्डकी मुख्यमन्त्रीस्तरीय बैठक : सहकार्यका ९ निर्णय पारित
    लन्डनको  हुलउइचमा तीज मिलन शुभकामना आदानप्रदान
    लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक : राजधानी क्षेत्रको जग्गा शर्तसहित फुकुवा गर्ने निर्णय
    संस्थागत क्षमतामा सरुमारानी जिल्लाकै नम्बर १

    लोकप्रिय

    • १.
      गढवामा गोबरडिहा आयुर्वेद औषधालयबाट शिरोधारा सेवा र

    • २.
      वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा

    • ३.
      पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच

    • ४.
      प्रशासनिक र वित्तीय संघीयतालाई बलियो बनाउन जोड

    • ५.
      प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

    • ६.
      बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

    भर्खरै

    • १.
      संविधान र संसद्‌बाट नै निकास खोजौं : सूर्य थापा

    • २.
      राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

    • ३.
      कांग्रेसभित्रै गृहमन्त्री लेखकको राजीनामा माग

    • ४.
      बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

    • ५.
      लुम्बिनी प्रदेशमा मनाइयो निजामती सेवा दिवस

    • ६.
      १० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

    • ७.
      प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

    • ८.
      पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation