अनुज पछाई, प्यूठान । प्यूठानमा ५५ हजार बढीले कोरोना विरुद्धको पुर्ण खोप पाएका छन् । स्वास्थ्य कार्यालय प्यूठानका अनुसार कुल २ लाख ४३ हजार १ सय ८७ जनसङख्या मध्य हालसम्म ५५ हजार ३ सय ७८ जनाले पहिलो र दोश्रो मात्रा खोप लगाएका हुन् । जसमध्ये एक मात्रा मात्रै लगाउनेको सङ्ख्या ६० हजार २ सय ४२ छ ।
यस्तेैे प्यूठानको कुल जनसङ्ख्यामा २२.८ प्रतिशतभन्दा बढीले पूर्ण मात्रा खोप लगाइसकेका छन् भने २४.८ प्रतिशत बढीले पहिलो मात्रा लगाएका छन् । १८ वर्षमाथिका लक्षित समूहमा ४७.१३ प्रतिशतले कम्तीमा पहिलो डोज र ४३.३२ प्रतिशतले पूर्ण डोज खोप लगाएका छन् ।
प्यूठान नगरपालिका तर्फ कुल जनसङख्याको ३३.४ प्रतिशत जनसङख्याले पूर्ण मात्रामा खोप लगाएका छन । १८ बर्ष माथीको कुल जनसङख्या ४३ हजार ६ सय २३ मध्य ३३.४ प्रतिशतले एक मात्रा खोप लिएका छन ।
स्वर्गद्धारी नगरपालिका तर्फ कुल जनसङख्याको १९.४ प्रतिशत जनसङख्याले पूर्ण मात्रामा खोप लगाएका छन । १८ बर्ष माथीको कुल जनसङख्या ३३ हजार ०४७ मध्य २१.९ प्रतिशतले एक मात्रा खोप लिएका छन ।
मल्लरानी गाउपालिका तर्फ कुल जनसङख्याको २८.४ प्रतिशत जनसङख्याले पूर्ण मात्रामा खोप लगाएका छन । १८ बर्ष माथीको कुल जनसङख्या १९ हजार ४२ मध्य ३१.२ प्रतिशतले एक मात्रा खोप लिएका छन ।
झिमरुक गाउपालिका तर्फ कुल जनसङख्याको २१.८ प्रतिशत जनसङख्याले पूर्ण मात्रामा खोप लगाएका छन । १८ बर्ष माथीको कुल जनसङख्या २९ हजार ५ सय २१ मध्य २२.९ प्रतिशतले एक मात्रा खोप लिएका छन ।
गौमुखी गाउपालिका तर्फ कुल जनसङख्याको १९.५ प्रतिशत जनसङख्याले पूर्ण मात्रामा खोप लगाएका छन । १८ बर्ष माथीको कुल जनसङख्या २६ हजार ६ सय ९२ मध्य २१.४ प्रतिशतले एक मात्रा खोप लिएका छन ।
नौबहिनी गाउपालिका तर्फ कुल जनसङख्याको १८.४ प्रतिशत जनसङख्याले पूर्ण मात्रामा खोप लगाएका छन । १८ बर्ष माथीको कुल जनसङख्या ३१ हजार ९ सय ४९ मध्य २०.४ प्रतिशतले एक मात्रा खोप लिएका छन ।
माण्डबी गाउपालिका तर्फ कुल जनसङख्याको २०.१ प्रतिशत जनसङख्याले पूर्ण मात्रामा खोप लगाएका छन । १८ बर्ष माथीको कुल जनसङख्या १५ हजार ९ सय ६० मध्य २१.७ प्रतिशतले एक मात्रा खोप लिएका छन ।
ऐरावति गाउपालिका तर्फ कुल जनसङख्याको १८.५ प्रतिशत जनसङख्याले पूर्ण मात्रामा खोप लगाएका छन । १८ बर्ष माथीको कुल जनसङख्या २३ हजार ६ सय ५२ मध्य २०.४ प्रतिशतले एक मात्रा खोप लिएका छन ।
सरुमारानी गाउपालिका तर्फ कुल जनसङख्याको १९.७ प्रतिशत जनसङख्याले पूर्ण मात्रामा खोप लगाएका छन । १८ बर्ष माथीको कुल जनसङख्या १९ हजार ६ सय ६१ मध्य १९.७ प्रतिशतले एक मात्रा खोप लिएका छन ।