प्युठान । प्रेस सेन्टर नेपाल, प्युठानको चौथो अधिवेशन कात्तिक १३ गते हुने भएको छ । शनिवार पुण्यखोलामा बसेको संगठनको पदाधिकारी स्तरीय बैठकले उक्त निर्णय गरेको जनाएको छ ।
देशभर प्रेस सेन्टरका भेला तथा अधिवेशनहरु हुँदैछन् । त्यसैक्रममा प्युठानमा पनि भव्यताका साथ चौथो अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको छ । त्यसका लागि वैठकले कार्यविभाजन गरी लागि परेको प्रेस सेन्टर नेपाल प्युठानले जनाएको छ ।
Advertisement