• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ६. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ७. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

दसैंमा टीका लगाउँदा जप्ने मन्त्रको अर्थ के हो ? जानौं


  •   शुक्रबार, असोज २९, २०७८ मा प्रकाशित
  • काठमाडौं । हाम्रा मान्यजनहरूले दसैं टीका लगाउँदै सँस्कृतको श्लोकमार्फत आशिर्वाद त दिन्छन् तर त्यो श्लोकले के भनेको होला भन्ने धेरैलाई थाहा नहुन सक्छ । त्यसमाथि पनि छोरा मान्छेलाई टीका लगाउँदा एकथरी र छोरी मान्छेलाई टिका लगाउँदा अर्कैथरी मन्त्र पढेने गरेको पनि पाउँछौं । यस्तो किन होला भनेर धेरैको मनमा प्रश्न उठ्न सक्छ ।

    Advertisement

    हामी हाम्रो संस्कार र सँस्कृतीबारे जानकार भए पनि ती संस्कार र सँस्कृतीका कारणबारे अनविज्ञ भयौं भने पुस्तान्तरणमा समस्या देखिन सक्छ । अहिलेका नयाँ पुस्तालाई हरेक कुराको कारण चाहिन्छ । यदि हामीले ती कुराको पुष्टि गर्न सकेनौं भने नयाँ पुस्ताले स्वीकार्न गाह्रो मान्छ । हाम्रा बालबच्चामा हामीले मानेको संस्कार र सँस्कृतीको हस्तान्तरण गर्न पनि ती सबैको बारेमा पहिला आफँै जानकार हुन आवश्यक छ । अब कुरा गरौं दसैंको टीका लगाउँदा भनीने मन्त्रको ।

    आयु द्रोण सुते श्रीयं दशरथे शत्रुक्षयं राघवे
    ऐश्वर्य नहुषे गतिश्च पवने मानं च दुर्योधने ।
    सौर्यं सान्तनवे वलं हलधरे सत्यंच कुन्तीसुत
    विज्ञानं विदुरे भवन्तु भवतां कीर्तीश्च नारायणे ।।

    यस विषयमा प्रष्ट हुन जरुरी छ की, यो श्लोक कुनै धार्मिक पुराण अन्तर्गतको होइन । यो श्लोक विशेषगरी नेपालमा मात्र प्रयोग हुन्छ । यो श्लोक नेपालका राजाहरूलाई टिका लगाउँदा प्रयोग भएको हुन सक्ने संस्कृत भाषाका ज्ञाताहरू बताउँछन् । किनकी यसमा रहेका सबै पात्रहरू राजपरिवार अन्तर्गतका छन् । त्यसैले यसलाई सुरुमा कुनै राजपुरोहीतले राजालाई आशीर्वाद दिन बनाएको हुनसक्छ ।

    यस मन्त्रमा गुरु द्रोणाचार्यको पुत्र अश्वत्थामाको जस्तै आयु होस् । दशरथ राजाको जतिकै सम्पत्ती होस् । शत्रुको नाश गर्न भगवान राम झैं पराक्रमी हुनु । नहुष राजाको जस्तै ऐश्वर्य होस् । हावाको जस्तै गती र दुर्योधनको जस्तैं मान–सम्मान मिलोस् । सूर्यपुत्र कर्ण जस्तैँ दानी हुनु । शक्तिमा बलराम जस्तै हुनु । सत्यमा कुन्तीको पुत्र युधिष्ठिर जस्तै हुनु । विद्धवानमा विदुर बराबर हुनु । भगवान नारायणको जस्तो कीर्ति होस् भनेर भनिएको छ । यो नै मन्त्रको सार हो ।

    यसमा उल्लेख गरिएका पात्रहरूको बारेमा जान्नको लागि भने अध्ययनको नै जरुरी हुन्छ । यदी कसैले श्रीमद्भागवत महापुराणका कथाहरू सुन्नु भएको छ भने त्यसमा यी सबै पत्रहरूको बारेमा उल्लेख गरिएको छ । यहाँ अश्वत्थामा, दशरथ, भगवान राम, नहुष, पवनदेव, दुर्योधन, कर्ण, भगवान कृष्णका दाई बलराम, युधिष्ठिर, विदूर र भगवान नारायणलाई उदाहरणीय पात्र बनाइएको छ ।
    अर्को मन्त्रः

    जयन्ती मंगलाकाली भद्रकाली कपालिनी
    दुर्गा क्षमा शिवधात्री स्वाहा स्वधा नमोस्तुते ।

    यसमा कुनै विशेष आशिर्वाद नभएर देवीको स्तुती गाईएको छ । यसमा देवीको विभिन्न स्वरुपको नाम लिइएको छ । यो श्लोक चण्डीबाट साभार भएको हो ।
    जयन्ती : जित्नेवाली
    मंगलाकाली : मंगल गर्नेवाली देवी
    भद्रकाली : दक्षप्रजापतीको यज्ञ विनास गर्न सतीदेवीको क्रोधबाट प्रकट भएकी देवी
    कपालिनी : भगवती दुर्गाको अर्को नाम
    दुर्गा : दुर्ग नाम गरेको राक्षसलाई मार्नेवाली देवी
    क्षमा : पृथ्वी
    शिवधात्री : कल्याण गर्नेवाली
    स्वाहा : दक्षप्रजापतीकी छोरी
    स्वधा : दक्षप्रजापतीकी छोरी
    नमोस्तुते : त्यसती देवीलाई नमस्कार छ ।

    यो विशेष गरी महिलालाई टीका लगाउँदा उच्चारण गरिन्छ । तर हामीले बुझे झैँ दसैंमा महिलालाई टीका लगाउन यही मन्त्रको प्रयोग गर्नुपर्छ भन्ने धारणा चाहिँ गलत हो ।

    यस विषयमा कुनै पनि धार्मिक शास्त्र, नीति, पुराण तथा पौराणीक ग्रन्थहरूमा उल्लेख छैन । यो हामी आफँैले चलाएको चलन मात्र हो । नत्र माथि उल्लेख भएको आयु द्रोण सुते… श्लोकको रचना गर्नुभन्दा पहिले दसंैमा कसैले पनि आशिर्वाद नै पाउँदैन थिए त ?
    आशीर्वाद भनेको शुभेच्छा हो । भलो चिताउनु हो । सफलताको कामना गर्नु हो । त्यसैले आशीर्वादमा कहिले पनि विभेद भन्ने कुरा हुँदैन । आशिर्वादले महिला र पुरुष छुट्टाउँदैन ।

    दसैंमा टीका लगाउँदा महिला र पुरुषलाई फरक–फरक आशीर्वाद दिनुको कारण हाम्रो पुरातन धारणा मात्र हो यो कुनै शास्त्रसम्मत होइन ।
    यदी कसैलाई संस्कृत भाषाका श्लोक आउँदैन भने आशिर्वाद दिँदा के गर्ने त भन्ने पनि प्रश्न उठ्न सक्छ । आशीर्वाद मनैदेखि दिने हुँदा यसमा कुनै पनि भाषाप्रधान रहँदैन । संस्कृत भाषालाई सबैभन्दा पुरानो भाषा र देवताको प्रीय भाषा मानिएकाले संस्कृतका श्लोक प्रयोग गरिएको हो । श्लोक नआउनेले शुभ चिजहरूको कामना गर्दै टीका लगाउँदा हुन्छ ।

    विजया दशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनको हातबाट दुर्गा भवानीको प्रसाद स्वरुप टीकाजमरा लगाई आशीर्वाद लिने गरिन्छ ।

    शुक्रबार, असोज २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation