काठमाडौँ – भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल म्याचमा नेपाल पराजित बनेको छ।
Advertisement
आज द्शरथ रङ्गशाला काठमाडौंमा भएको खेलमा भारतले नेपालमाथि २–१ गोलको जित निकालेको हो।
भारतलाई जित दिलाउन ६३ औं मिनेटमा फारुख चौधरी र ८० औं मिनेटमा कप्तान सुनील क्षेत्रीले गोल गरे । नेपालका तेज तामाङले ८६ औं मिनेटमा सान्त्वना गोल फर्काए । यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेल एक एक गोलको बराबरीमा सकिएको थियो। नेपालका लागि अन्जन विष्टले गोल गरेका थिए भने भारतका अनिरुद्ध थापाले बराबरी गोल फर्काएका थिए।
दुवै टिमले आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीस्वरूप मैत्रीपूर्ण खेल खेलेका हुन्। अब नेपाली टिम साफ च्याम्पियनसिपको तयारी गर्न कतार जानेछ। त्यहाँ १५ दिन तयारी गरेपछि नेपाली टिम उतैबाट माल्दिभ्स पुग्नेछ।