जनकराज भट्टराई, पाल्पा। पाल्पामा जारी निशेधाज्ञालाई खुकुलो बनाउँदै ३१ असार सम्म थपिएको छ । सोमबार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सम्पन्न बैठकले मालपोत, नापी, वडा तथा नगरपालिका लगाएत सम्पूर्ण सरकारी कार्यालयहरु संचालन गर्ने निर्णय गरेको हो । बैठकले यस अघिको निर्णयलाई यथावत राख्दै अत्यावश्यक पसलहरु भने बिहान ७ देखि दिउँसो ३ बजे सम्म संचालन हुन पाउने निर्णय भएको बैठकमा सहभागी पत्रकार महासंघ, पाल्पा शाखाका उपसभापति भरत शर्माले जानकारी दिनुभयो । रेष्टुरेन्ट तथा खाजाघरहरुले बिहान ७ देखि साँझ ७ बजे सम्म मात्रै प्याकिङ्ग सेवा दिन पाउने छन् । बैठकले निजी सवारी खुल्ला गरे पनि सार्वजनिक यातायात तत्काल संचालन नगर्न भनेको छ। दिउँसो ३ बजे सम्म पसल संचालन हुन पाउने निर्णय भएको छ । भिडभाड हुने सभा सम्मेलन, ब्यूटिपार्लर, बैठक, भाजे भतेर, शैलुन लगाएतका क्षेत्र संचालन हुन पाउने छैनन्।
खुकुलो बनाउँदै पाल्पामा ३१ असार सम्म थपियो निशेधाज्ञा
खुकुलो बनाउँदै पाल्पामा ३१ असार सम्म थपियो निशेधाज्ञा
Advertisement
तपाईको प्रतिक्रिया