नेपालले सीधै एसिया कप छनोटको तेस्रो चरण खेल्ने

काठमाडौं। नेपालले एसियाकप छनोट २०२३ को तेस्रो चरण खेल्ने भएको छ। चीन र कतारले विश्वकप छनोट तथा एसियन कपमा स्थान बनाएपछि समूहको चौथो स्थानमा रहने टोलीले पनि सिधै तेस्रो चरणमा स्थान बनाएको एसियाली फुटबल महासंघले जनाएको छ।नेपालले अब त्यस अगाडिको प्लेअफ खेल्ने पर्ने छैन ।

फिफा विश्वकप छनोटका दोस्रो चरणका खेल सकिएसँगै एफसी एसियन कपमा छनोट हुने र प्ले अफ खेल्ने टोलीको टुङ्गो लागेको हो।

एफसीको परिमार्जित नियम अनुसार दोस्रो स्थान हासिल गर्नेमध्य पुछारका तीन टोली तथा तेस्रो र चौथो स्थान हासिल गर्ने समान ८ टोलीले एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाएमा हुन्।

विश्वकप छनोटमा चौथो स्थानमा रहेका २५ देखि ३२ वरियतासम्मका टोलीले तेस्रो चरण खेल्न पाउने छन्। जसले गर्दा नेपालले अब प्ले अफ खेल्न नपर्ने भएको छ। नेपाल जस्तै भाग्यमानी सावित अन्य टिममा हङकङ, माल्दिभ्स र श्रीलंका रहेका छन् । उनिहरु पनि प्ले अफ खेल्न पर्ने छैन।

विश्वकप छनोटमा सहभागी १३ टोलीले एफसी कपको दोस्रो चरण खेल्ने टोलीको टुङगो लागेको छ। विश्वकप छनोटको तेस्रो स्थानमा रहेका १७ देखि २४ वरीयतासम्मका ८ टोलीले तेस्रो चरण खेल्नेछन्।

विश्वकप छनोटको पाँचौ स्थानमा रहेका शीर्ष ४ टोलीले पनि तेस्रो चरणमा स्थान बनाएका छन्। एशियाली वरियतामा ३६ देखि ३९ सम्म रहेका ४ टोलीले एशियन कपको प्लेअफ छनोट खेल्नेछन्।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...