काठमाडाैं- विश्वकप छनोटमा नेपालले बिहीबार चिनियाँ ताइपेईलाई हराएको छ । बिहीबार कुवेतको जाबेर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालले चिनियाँ ताइपेईलाई २-० ले हराएको हो । सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत चाइनिज ताइपेविरुद्धकाे खेलमा नेपालले जित हात पार्यो ।
Advertisement
नेपालका लागि मिडफिल्डर सन्तोष तामाङ र नवयुग श्रेष्ठले गाेल गरे।नेपालले खेलकाे चौथो मिनेटमै अग्रता लिएको थियाे। नेपालका लागि अन्जन विष्टले गोल गरेका थिए। सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो । उनले उक्त पेनाल्टीमा गोल गरेका हुन्। ८२ औं मिनेटमा नवयुगले गोल गर्दै नेपाललाई २-० को जित दिलाए।