गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु

बाँके। नेपालगञ्ज उपमहानगरपालिका–११ बीपी चोकस्थित सडकमा प्रदेश ३–०१०२२ च ०५७१ नम्बरको गाडीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने ८० वर्षीया मुन्नी बाल्मिकी छन् । ठक्करबाट गम्भीर घाइते भएकी उनको नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

गाडी चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...