स्वीजरल्याण्डबाट आइपुग्यो स्वास्थ्य सामाग्री

कामना डेली, काठमाडौं । स्वीजरल्याण्ड सरकारले नेपाललाई प्रदान गरेको स्वास्थ्य सामग्री आज काठमाडौं आइपुगेको छ ।

कोरोना विरुद्ध लड्नका लागि स्वीजरल्याण्ड सरकारले ९४ करोड बराबरको स्वास्थ्य सामाग्री नेपाललाई अनुदान सहयोग स्वरुप पठाएको हो। शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वीस राजदूत एलिजावेथ भोन क्यापीलरले स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीलाई स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गर्नुभयो ।
केही दिन अघि स्वीस राजदूतसँग उपप्रधानमन्त्री ईश्वर पोखरेलले यसबारे पहलकदमी लिंदै संवाद गर्नुभएको थियो ।

त्यस्तै चीन सरकारले पठाएको स्वास्थ्य सामाग्रीहरु आज तातोपानी नाका आइपुगेको छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...