• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ५. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ८. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

प्रेस संगठन नेपाल बागलुङले हेल्प डेस्क निर्माण गर्ने


  •   शनिबार, जेठ ०१, २०७८ मा प्रकाशित
  • बागलुङ। प्रेस संगठन नेपाल जिल्ला कार्यसमिति बागलुङको बैठक सम्पन्न भएको छ । कोरोना महामारीमा अग्रपंतीमा खटिने पत्रकारको सुरक्षा र संक्रमित पत्रकारलाई सहयोग गर्ने उद्देश्य सहित प्रविधिको प्रयोग गरी भिडियो कन्फ्रेन्स बैठक मार्फत गरिएको हो । बैठकमा कोरोनाको महामारीमा अग्रपंतीमा रहेर जनतालाई सूचना प्रवाह गरिरहेका पत्रकारको स्वास्थ्यस्थितिबारे छलफल हुनुका साथै समस्यामा परेका पत्रकारलाई सहयोग जुटाउने बारे छलफल भएको छ । आइशोलेसन र होम क्वारेन्टाइनमा बसिरहेका पत्रकारको स्वास्थ्य अवस्थाको बारेमा आवश्यक जानकारी लिँदै आवश्यक परामर्श तथा उपचारका लागि समन्वय गर्नका लागि संगठनका सल्लाहकार एवम् पूर्व अध्यक्ष राम थापा ‘अविरल’को नेतृत्वमा पाँच सदस्य समिति गठन गरिएको छ । जसको सदस्यमा राजेशचन्द्र राजभण्डारी, थम्मन थापा, पूर्णभद्र निउरे र अनिष खाती रहेका छन् । हेल्प डेक्सलाई प्रभावकारी बनाउन धौलागिरि अस्पताल, जनस्वास्थ्य कार्यालय, पालिका स्तरीय स्वास्थ्य संस्थासँग सहकार्य र समन्वय गर्ने निर्णय भएको छ । कोभिड संक्रमणको समयमा समस्यामा परेकालाई पत्रकारलाई तुरुन्त उपचार एवम् परामर्शका लागि पालिकास्तरीय संयोजक तोकिएको छ । बुर्तिबाङमा योगेन्द्र विश्वकर्मा, निसीमा कुविर विश्वकर्मा, बडिगाड रोशन थापा मगर, गलकोटमा सरिता खत्री र मित्र खरेल, ताराखोलामा पूर्णभद्र निउरे र महेन्द्र घर्ती ‘संगम’, बागलुङ नगरपालिकामा राजबहादुर थापा, सज्जन सिंह, सन्तोष क्षेत्री, कृष्ण सापकोटा, काठेखोला गाउँपालिकामा कोपिला कँडेल, जैमिनी नगरपालिकामा झपिन्द्र क्षेत्रीलाई जिम्मेवारी प्रदान गरिएको छ । सो अवसरमा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष नरेश कँडेलको नेतृत्वको टिमले थालेको ‘एक पत्रकार एक ल्याप्टप’ अभियानलाई सफल बनाउन संगठनको तर्फबाट सक्रिय सहभागिता जनाउने निर्णय गरेको जिल्ला संयोजक थम्मन थापाले जानकारी दिए । कोरोना महामारीमा रोजगारी गुमाएर आर्थिक समस्यामा परेका पत्रकारहरुलाई संगठनले सहयोग गर्ने र सञ्चार गृहलाई खबरदारी गर्ने निर्णय समेत गरेको छ । देशमा कोरोना कहरको डरलाग्दो लहरले सर्वसाधारण जनताहरुको दैनिक ज्यान गइरहँदा पनि सबै तहका सरकारहरुले नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न नसकेको र नेपालको स्वास्थ्य प्रणाली निरही भएको यस बेलामा तत्काल आपतकालीन स्वास्थ्य सेवाको व्यवस्थापन गर्न र कोरोना रोकथाम तथा नियन्त्रणका प्रभावकारी रणनीति बनाउन सरोकारवालालाई संगठनले गम्भीर ध्यानाकषर्ण गराएको छ । अस्पतालहरुमा तत्काल आईसीयू र भेन्टिलेटर थप गर्न चिकित्सक स्वास्थ्यकर्मी र स्वास्थ्य सामाग्री र अक्सिजनको व्यवस्था गर्न, परीक्षणको दायरा बढाउन र जनताको बाँच्न पाउने अधिकारको रक्षा गर्न संगठनले ध्यानाकषर्ण गराएको हो । भिडियो कन्फ्रेन्स बैठकमा नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष प्रेस संगठन नेपाल बागलुङका सल्लाहकार राजेशचन्द्र राजभण्डारी, सल्लाहकार राजबहादुर थापा, नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष तथा प्रेस संगठन नेपाल बागलुङका सल्लाहकार मुकेश चन्द्र राजभण्डारी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश परिषद सदस्य बेलुकाजी थापा, जापानबाट सेतो परेवा डटकमका सम्पादक भवानी पन्त, जापानबाट जनहित खबर डटकमका सम्पादक खगराज गौतम, नेपाल पत्रकार महासंघ बागलुङका निवर्तमान सचिव तथा संगठनका निवर्तमान संयोजक राम थापा ‘अविरल’ लगायतको सहभागिता रहेको थियो ।

    Advertisement

    शनिबार, जेठ ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation