काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा

काठमाडौं । काठमाडौंका तीन वटै जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी हुने भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यो निर्णय गरेको हो । अर्को सूचना जारी नभएसम्म बिहीबारदेखि निषेधाज्ञा जारी हुने भएको हो ।

कोरोना संक्रमण दरका दोस्रो लहर बढेपछि निशेधाज्ञा जारी गरिने भएको हो । पहिलो चरणमा एक हप्ताका लागि निषेधाज्ञा जारी हुने भनिए पनि निशेधाज्ञा कम्तिमा एक महिना थपिने सम्भावना रहेको छ ।

सीसीएमसीले पनि १६ गतेदेखि निषेधाज्ञा लागु गर्न सुझाव दिएको थियो । तर गृहमन्त्रालयले भने मिति तय भइनसकेको कुन दिनदेखि निषेधाज्ञा लगाउने छलफल चलिरहेको बताएको छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...