कामना डेली,प्यूठान । प्यूठानको माण्डवि गाउपालिका विकासे योजना, कृषि, शिक्षा जस्तै सञ्चार क्षेत्रमा पनि अन्य स्थानिय तह भन्दा अगाडि देखिएको छ।
गाउँपालिकाले नव वर्ष संगै व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता सम्बन्धि शिविर सञ्चालन गर्ने भएको छ । बस्तीस्तरमै पुगेर व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता सम्बन्धि शिविर सञ्चालन गर्ने गाउँपालिकाले जनाएको हो।
माण्डवी गाउँपालिकाको आयोजनामा माण्डवी गा.पा. ३ देविस्थानको सभाहलमा सोमबार अभिमुखिकरण कार्यक्रमको आयोजना गरि दर्ता शिविर (अभियान) सञ्चालन हुने बारे पालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजालले जानकारी दिए ।
ग्रामीण क्षेत्रका सर्वसाधारण जनताहरुलाई विद्युतिय माध्यमबाट सेवा सुविधा प्रवाह गर्ने उदेश्यले नेपाल सरकारले सुरु भएको यो अभियान देशरभका ६ हजार ७ सय ४३ वडाहरुमा सुचारु भएको छ । सन् २०२४ सम्म सम्पूर्ण नेपालीहरुको व्यक्तिगत घटना दर्ता अनलाइन प्रणालीमा राख्ने नेपाल सरकारको अगाडि सारेको योजना अनुसार माण्डवी गाउँपालिकाको ५ वटै वडा बैशाख २ गते देखि १९ गते सम्म सबै खालका व्यक्तिगत घटनालाई डिजिटलाइज गर्न शिविर (अभियान) सञ्चालन गरिने रिजालले बताए । पुराना अभिलेखहरु आफडेट गरिसकेको बताउदै छुटेका र नयाँ दर्ता गर्नका लागि एउटा वडामा ३ दिन काम गर्ने गरि शिविर सञ्चालन गर्न थालिएको उनले जानकारी दिए । ‘जन्म, मृत्यु, विवाह दर्ता, बसाइसराई जस्ता घटना ३५ दिन भित्रै गर्नु पर्ने हो’– रिजालले भने–‘ तर, कुनै कामको लागि अनिवार्य ति कागजात नचाहेसम्म दर्ता नगर्ने हाम्रो परिपाटी छ, यसलाई अन्त्य गर्दै व्यक्तिगत घटनाहरु तत्कालै गर्न पर्ने हुन्छ ।’ हाल पालिका भित्र २०÷२५ प्रतिशतले मात्रै ३५ दिन भित्र व्यक्तिगत घटना दर्ता गरेको तथ्यांक देखिएको उनले बताए । युग प्रविधियुक्त भइसकेको हुंदा अब सबै नागरिकले घरमै बसेर प्रविधिको प्रयोग गर्नु पर्ने रिजालले बताए । व्यक्तिगत घटना दर्तामा कोहीकसै नछुट्ने गरि पालिकाको सिंगो परिवार, वडा अध्यक्ष सदस्य, शिक्षक, विभिन्न संघ संस्था लगायतका सम्पूर्ण जानकारहरुले सहयोग गर्न रिजालले आग्रह गरेका छन् ।
सामाजिक सुरक्षाको विषयमा सेवा सुविधालाई व्यवस्थित र सम्बन्धित नागरिकलाई लाभ हुने गरि बैंकिङ माध्यमबाट कारोवार थालिएको पालिकाले जनाएको छ । त्यस्तै व्यक्तिगत घटना कसरी, कहाँ दर्ता गर्ने ? को को व्यक्ति आवश्यक पर्छ, भन्ने विषयमा पालिकाका कम्प्यूटर शाखा प्रमुख अनिल अधिकारीले प्रस्तुतीकरण गरेका थिए । पालिकाका पञ्जिकरण शाखाका खिम बहादुर घर्तीले सहभागिलाई स्वागत गर्दै कार्यक्रबारे जानकारी दिएका थिए ।
पालिका भित्रका २८ वटा विद्यालयका प्रधानाध्यक, शिक्षकहरु, वडा अध्यक्ष, सदस्यहरु, विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधि लगायतको सहभागिता रहेको कार्यक्रमको पालिकाका अध्यक्ष श्रीधर रोकाको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन स्वास्थ्य शाखा प्रमुख ध्रुव पोख्रेलले गरेका थिए ।
सूचना प्रविधिलाई पछ्याउदै माण्डवी गाउँपालिका
सूचना प्रविधिलाई पछ्याउदै माण्डवी गाउँपालिका
Advertisement
तपाईको प्रतिक्रिया