त्रिदेशीय फुटबल कपको उपाधि नेपालले जित्यो

काठमाडौं। नेपालले त्रिदेशीय फुटबल कपको उपाधि जितेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बङ्गलादेशलाई दुई–एक ले हराएको हो ।

नेपालका लागि लागि खेलको १८ औँ मिनेटमा सन्जोक राईले र ४२ औँ मिनेटमा विशाल राईले गोल गरे । पहिलो हाफमा नेपालले दुई–शून्यको अग्रता बनाए पनि दोस्रो हाफमा बङ्गलादेशले एक गोल गरेको हो । बङ्गलादेशले खेलको ८३ औँ मिनेटमा गोल फर्काएको हो ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.