पाल्पा। जिल्लाको तिनाउ गाउँपालिकामा माध्यमिक विद्यालय स्तरीय दाेस्रो राष्ट्रपति रनिङसिल्ड प्रतियाेगिता सम्पन्न भएको छ ।
प्रतियाेगितामा दाेभान मा विले ७ स्वर्ण,८ रजत र ४ कास्य सहित प्रथम हुन सफल भएको छ । त्यस्तै तिलाेत्तमा मा वि झुम्साले ७ स्वर्ण ४ रजत र २ कास्य सहित दाेस्त्राे तथा मस्याम मा विले ४ स्वर्ण,२ रजत र २ कास्य सहित तृतीय हुन सफल भएको छ । ९ वटा मा वि सहभागी भएको खेलकुद प्रतियाेगितामा छात्र तथा छात्रा भलिबल, लङजम्प एकल तथा रिले दाैड प्रतियाेगिता लगाएतकाे खेल प्रतियाेगिता गराइएको थियाे ।
प्रथम हुने सफल खेलाडीहरूलाई चैत २७,२८ र २९ मा तानसेनमा हुने जिल्ला स्तरीय राष्ट्रिपति रनिङसिल्ड प्रतियाेगितामा भाग लिन पठाउने शिक्षा शाखा अधिकृत लक्ष्मी कुवरले बताउनुभयो । गाउँपालिका अध्यक्ष अाेम बहादुर घर्ती मगरले विजयी खेलाडीहरूलाई प्रमाणपत्र,मेडल तथा सिल्ड वितरण गर्नु भएको थियाे ।