• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

रोल्पामा आइटिएफ तेक्वान्दोको राष्ट्रिय प्रशिक्षण सम्पन्न


  •   शनिबार, फागुन ०८, २०७७ मा प्रकाशित
  • रमेश डाँगी, रोल्पा । रोल्पा आइटिएफ तेक्वान्दो संघले दुईदिने राष्ट्रिय प्रशिक्षक तथा टेक्निकल सेमिनार सम्पन्न गरेको छ । शनिबार रोल्पा सदरमुकाम लिबाङमा आयोजित सेमिनारको लुम्बिनी प्रदेश सांसद दिपेन्द्र कुमार पुनले उद्घाटन गरे । सेमिनारमा बोल्दै सांसद पुनले मुलुकको राजनीति बिग्रिँदै गएको अवस्थामा खेल क्षेत्रले मानिसको भावनालाई जोड्ने काम गरेको बताए । राष्ट्रिय प्रशिक्षक तालिमको आयोजना गरेर रोल्पाको गरिमालाई झन् माथि उठाएको भन्दै उनले प्रशंसा गरे । राज्यले खेल क्षेत्रलाई त्यति महत्व दिन नसकेको स्वीकार गर्दै सांसद पुनले समृद्ध मुलुक निर्माणका लागि सबै क्षेत्रको हातेमालो अनिवार्य रहेको तर्क गरे । राष्ट्रियस्तरको कार्यक्रम गरेर खेल क्षेत्रलाई नयाँ जीवन दिएको भन्दै जिल्ला समन्वय समिति प्रमुख राजबहादुर बुढाले खेलाडीको लक्ष्य मुलुकलाई चिनाउने हुनुपर्ने बताए ।
    शुक्रबार र शनिबार आयोजित तालिम तथा सेमिनारमा रोल्पाका विभिन्न आइटिएफ समूहका साथै देशभरबाट प्रशिक्षक प्रशिक्षणका लागि सहभागी भएको संघका रोल्पा अध्यक्ष विक्रम बाँठामगरले बताए । ‘करिब दुईसय ५० को संख्यामा खेलाडीको उपस्थिति छ’ अध्यक्ष बाँठाले भने, ‘आइटिएफ तेक्वान्दोको विकासमा सहयोग पुगोस् भनेर नै तालिम तथा सेमिनारको आयोजना गरेका हौं ।’ तालिममा देशभरबाट खेलाडीको उत्साहपूर्ण सहभागिता रहेको उनको भनाइ छ । खेलकुदको विकासका साथै रोल्पाको पर्यटन क्षेत्रको विकासमा समेत टेवा पु¥याउने आयोजकको अपेक्षा छ । दुईदिनसम्म जारी प्रशिक्षणमा आइटिएफ राष्ट्रिय बल्याक बेल्ट कमिटीका अध्यक्ष घमबहादुर थापाले सहजीकरण गरेका थिए ।

    Advertisement

    आइटिएफ तेक्वान्दो संघका केन्द्रीय अध्यक्ष अञ्जन धमलाले रोल्पा शाखाले आइटिएफ तेक्वान्दोको क्षेत्रमा देशमै उदाहरणीय कार्य गरेको बताए । प्रदेशस्तरको कार्यक्रम गरिसकेको संघले कोेरोना त्रासका बीच पनि भर्चुअल प्रतियोगिता, भर्चुअल गोष्ठी गरेर नमुना योग्य काम गरेको भन्दै प्रशंसा गरे । कोरोनाले सबैभन्दा धेरै खेल क्षेत्र धारासायी भएको भन्दै उनले अन्य जिल्लाको तुलनामा रोल्पामा खेलमैत्री स्थानीय तह भएको बताए । खेल क्षेत्रको विकासका लागि स्थानीय तहहरुले अझै लगानी बढाउनुपर्नेमा उनको जोड छ ।

    सेमिनारमा सहभागी स्थानीय तहका प्रमुखहरुले खेलकुदमा लगानी बढाउने बताएका छन् । रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले खेल क्षेत्रको विकासका लागि आफूहरुले विभिन्न काम गर्दै आएको बताए । त्यस्तै परिवर्तन गाउँपालिका अध्यक्ष निमकान्त डाँगीले पनि खेलकुदमा लगानी बढाउने बताए । ‘खेलकुदका विभिन्न विधामा हामीले लगानी गर्दै आएका छौं’ अध्यक्ष डाँगीले भने, ‘गाउँपालिकाले आफ्नै खेलकुद कार्यक्रम पनि गर्दै आएको छ, यसमा अझै लगानी गर्ने सोचेका छौं ।’ गंगादेव गाउँपालिका अध्यक्ष बीरबहादुर खत्री र थबाङ गाउँपालिका अध्यक्ष बीरबहादुर घर्तीले पनि खेलकुद क्षेत्रको विकासका लागि आफूहरु सकारात्मक रहेको बताए ।

    शनिबार, फागुन ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation