काठमाडौँ । सरकारले ग्याल्पो लोसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यस वर्ष बौद्ध धर्मावलम्बीको नयाँ वर्ष तथा महान् चाड ‘च्याक फो लङ लो’ २१४८ औँ ग्याल्पो लोसार माघ ३० गते परेको छ ।
Advertisement
सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । ग्याल्पो लोसारलाई नयाँ वर्षको रुपमा शेर्पा ह्योल्मोलगायतका हिमाली बौद्ध धर्मावलम्बी समुदायले मनाउने गर्दछन् ।