सुरज भट्टराई, देवदह। रुपन्देहीको देवदहमा चौथो भलिबल प्रतियोगिता सम्पन्न भएको छ । कालिका युवा क्लब, देवदह ६ सरनबारीले प्रतियोगिता आयोजना गरेको हो।
३ दिन सम्म संचालन भएको प्रतियोगितामा बञ्जरिया भलिवल क्लब , नवलपरासी प्रथम भएको छ । बञ्जरिया भलिवल क्लबले आयोजक टिम सरन युवा क्लबलाइ २५-१८, २५-१७ र २५-१९ को सोझो सेटमा जितेको हो ।
त्यस्तै सत्यवति भलिवल क्लब, गुल्मीले ब्रोङ्से भलिबल क्लब, देवदह लाई २५-२२ ,२०-२५ र २५-१० ले हराउदै
सत्यवति भलिवल क्लब, गुल्मी तृतीय भएको छ । विजयी प्रथम टिमलाइ नगद विस हजार, ट्रफी र प्रमाण पत्र त्यसैगरी द्वितियलाई नगद चौध हजार, ट्रफी र प्रमाण पत्र अनि तृतीयलाई नगद आठ हजार ट्रफी र प्रमाण पत्र कार्यक्रम प्रमुख अतिथि लुम्बिनी प्रदेश ,प्रदेश सांसद डा.कृष्ण न्यौपानेले प्रदान गर्नु भएको थियो ।
त्यसैगरी उत्कृष्ट खेलाडी सरन युवा क्लबका कुमार आले, बेस्ट स्पाईकर बञ्जरिया भलिवल क्लबका अजय चौधरी र अनुशासित खेलाडी सत्यवती भलिवल क्लब गुल्मीका सुमन गलामी भएका थिए ।
प्रतियोगितामा कुल २० टिम सहभागी रहेको खेल संयोजक चन्द्र रानाले बताएका थिए ।