काठमाडौं। । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट अन्तर्गत बागमती प्रदेशको छनोटमा चितवन क्रिकेट एसोसियसन च्याम्पियन भएको छ । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको फाइनलमा काठमाडौं जिल्लालाई १ सय ९३ रनले पराजित गर्दै चितवन च्याम्पियन बनेको हो ।
चितवनले दिएको २ सय ६१ रनको लक्ष्य पछ्याएको काठमाडौं २५ ओभर ४ बलमा अलआउट हुँदै ६७ रनमा समेटियो काठमाडौंका रजत तिमल्सिनाले सर्वाधिक १५ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । चितवनका संघर्ष पौडेलले ५ र दिपेश श्रेष्ठले २ विकेट लिए । या ेखेलमा पहिले ब्याटिङ गरेको चितवनले ४० ओभरमा ६ विकेट गुमाएर २ सय ६० रन बनाएको थियो ।
चितवनका आकाश थापाले १ सय ३६ रनको शतकीय इनिङ्स खेले । गौतम केसीले ३२ रन जोड्दा प्रतिक श्रेष्ठले २५ तथा रोविन शर्माले २४ रन बनाए । काठमाडौंका चन्द्र कुमार बुढा, सुमन उदय, सन्जम रेग्मी र अरियो पौडेलले १–१ विकेट लिए ।