बुटवल । लुुम्बिनी प्रदेश सभामा रुपन्देही क्षेत्र नम्बर १ ‘ख’बाट निर्वाचित सांसद् दधिराम न्यौपाने नेकपा (केपी ओली समूह)मा लागेका छन ।
Advertisement
न्यौपाने पूर्वमाओवादीबाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन । न्यौपाने प्रचण्ड–माधव नेपाल समूह छाडेर ओलीतिर लागेपछि तरंग उत्पन्न भएको छ ।
नेकपा विभाजित बनेसँगै सांसदहरु तानातानमा परेको अवस्थामा प्रदेशको अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति समेत रहेका न्यौपानेले आफू अहिले सरकार पक्षतिर लागेको बताए ।
लुम्बिनी प्रदेश सभामा नेकपाका ६१ सांसद रहेकोमा पूर्वमाओवादीका २० सांसद रहेका छन् । अहिले सांसद् न्यौपाने ओलितिर लागेपछि वर्तमान पोखरेल नेतृत्वको प्रदेश सरकार थप मजबुत बनेको छ ।