• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, जेठ २६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

तुलसीपुरमा स्कुल बस र यात्रुबस ठोक्किँदा दुईको मृत्यु, ३० बढी घाइते

घोराही कारागारमा बायोग्यास उत्पादन सुरु

‘दुःख सुनाएर के काम ?’

पोखरेल समाजको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

शंकर बिसीको निर्देशनमा ‘एउटा नाता’ सार्वजनिक

साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश दिन्छ : मन्त्री यादव

तरकारी खेती गर्दै जनप्रतिनिधी

गुल्मीमा बजारमा अनुगमनलाई तीव्रता

प्यूठानमा सर्जिकल सिविर : छ जिल्लाका महिलाले पाए सेवा

लोकप्रिय समाचार

  • १. स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट

  • २. गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित

  • ३. बुटवलमा रक्त सञ्चार केन्द्र स्थापना

  • ४. प्यूठानमा सर्जिकल सिविर : छ जिल्लाका महिलाले पाए सेवा

  • ५. दाङमा लागुऔषधसहित दुई महिला पक्राउ

  • ६. प्युठानको जंगलमा अचेत फेला परेका पुरुषको उद्धार

  • ७. पोखरेल समाजको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

  • ८. साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश दिन्छ : मन्त्री यादव

  • ९. शंकर बिसीको निर्देशनमा ‘एउटा नाता’ सार्वजनिक

  • १०. ‘दुःख सुनाएर के काम ?’

प्रदेश १ को लगातार दोस्रो जीत


  •   बुधबार, पुष १५, २०७७ मा प्रकाशित
  • दाङ । लमहीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा प्रदेश १ ले लगातार दोस्रो जीत हासिल गरेको छ । प्रदेश १ ले बुधबारको पहिलो खेलमा सुदूरपश्चिमलाई ५ विकेटले पराजित गरेको छ ।

    Advertisement

    सुदूरपश्चिमले प्रस्तुत गरेको ५४ रनको सामान्य लक्ष्यलाई प्रदेश १ ले १५.१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो । टिमले जित हाासिल गर्ने क्रममा कप्तान रुविना क्षेत्रीले १२ रन र अप्सरी बेगमले ९ रन बनाइन् । निग्मा तामाङले अविजित रहँदै ७ रनको योगदान गरिन् ।
    बलिङतर्फ सुदूरपश्चिमकी दिपा जोराले २ तथा कविता कुवार र कविता जोशीले १–१ विकेट लिएका थिए । खराब मौसमका कारण १६ ओभरमा घटाइएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित पूरै ओभर खेल्दै ८ विकेट गुमाएर ५३ रन बनाएको थियो । सुरुवातदेखि खराब ब्याटिङ गरेको सुदूरपश्चिमका लागि कविता जोशीबाहेक अन्य खेलाडीले दोहोरो अंक समेत जोड्न सकेनन् । टिमका लागि सर्वाधिक ठूलो पारी खेलेकी उनले अविजित रहँदै १४ रन बनाइन् । ओपनर ब्याट्सवुमन रेवती धामीले ८ रन र लक्ष्मी साउदले अविजित रहँदै ९ रनको योगदान गरिन् ।

    बलिङतर्फ प्रदेश १ का लागि संगिता राईले उत्कृष्ट बलिङ गरिन् । आफ्नो स्पेलको चौथो ओभर पूरै बलिङ गरेकी उनले मात्र १० रन खर्चिएर ३ विकेट हात पारिन् । यस्तै शबनम राईले २ विकेट लिँदा कप्तान रुविना क्षेत्री र निग्मा तामाङले पनि १–१ विकेट हात पारेका थिए । खेलमा प्रदेश १ की संगिता राई प्लेयर अफ द म्याच भएकी थिइन् । अहिले दोस्रो खेल वाग्मती र गण्डकी प्रदेशबीच भइरहेको छ ।यसअघि समूह ‘बी’ मा रहेको प्रदेश १ ले पहिलो खेलमा वाग्मतीलाई ४६ रनले पराजित गरेको थियो भने सुदूरपश्चिमको यो पहिलो हार हो । सुदूरपश्चिमले पहिलो खेलमा गण्डकी प्रदेशलाई ५९ रनले पराजित गरेको थियो ।

    बुधबार, पुष १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स सेन्ट्रल लुम्बिनीको दोस्रो फुटबल कार्यक्रम सम्पन्न
    देवदहमा मेयर कप सुरु, उद्घाटन खेलमा वडा नं. ७ विजयी
    मेयर कप कराँते : पाँच स्वर्णसहित सूर्यविनायक च्याम्पियन
    लुम्बिनी प्रदेश क्रिकेट संघ अध्यक्ष गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित
    मल्लरानीमा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
    भक्तपुरमा राष्ट्रिय स्तरको किक बक्सिङ हुँदै, १३ स्वर्ण विजेता भिड्ने

    लोकप्रिय

    • १.
      स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट

    • २.
      गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित

    • ३.
      बुटवलमा रक्त सञ्चार केन्द्र स्थापना

    • ४.
      प्यूठानमा सर्जिकल सिविर : छ जिल्लाका महिलाले

    • ५.
      दाङमा लागुऔषधसहित दुई महिला पक्राउ

    • ६.
      प्युठानको जंगलमा अचेत फेला परेका पुरुषको उद्धार

    भर्खरै

    • १.
      तुलसीपुरमा स्कुल बस र यात्रुबस ठोक्किँदा दुईको मृत्यु, ३० बढी घाइते

    • २.
      घोराही कारागारमा बायोग्यास उत्पादन सुरु

    • ३.
      ‘दुःख सुनाएर के काम ?’

    • ४.
      पोखरेल समाजको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

    • ५.
      शंकर बिसीको निर्देशनमा ‘एउटा नाता’ सार्वजनिक

    • ६.
      साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश दिन्छ : मन्त्री यादव

    • ७.
      तरकारी खेती गर्दै जनप्रतिनिधी

    • ८.
      गुल्मीमा बजारमा अनुगमनलाई तीव्रता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation