• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, जेठ ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सिंहदरबारको क्याफेलाई दुई लाख जरिवाना

प्रति एकाइ क्षेत्रफलमा बढी गहुँ फलाउने कृषक पुरस्कृत

गौमुखीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर, २७७ जनाले लिए सेवा

राप्ती गाउँपालिकामा कृषि, पशु र रोजगार प्रदर्शनी सम्पन्न

‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’ : सांसद अमरेश कुमार

काभ्रे बस दुर्घटना : ८ जनाको मृत्यु, १६ घाइते

३१ वर्षपछि ब्युँतियो रावल आयोग, अतिक्रमित सरकारी जग्गा फिर्ता हुने

पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

मलले गोदाम भरियो, खेत रित्तै रहे

लोकप्रिय समाचार

  • १. प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

  • २. विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

  • ३. स्वर्गद्वारी हत्या काण्ड : आरोपी बुहारी कारागारमा

  • ४. प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट; ३९ हराएका व्यक्ति फेला

  • ५. रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

  • ६. नयाँ राजनीतिक संस्कार विकास भइरहेको छ : सञ्चारमन्त्री तिमिल्सिना

  • ७. अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

  • ८. बुटवलमा १ करोड ४७ लाखको ‘चोरी नाटक,पसल सञ्चालक नै पक्राउ

  • ९. संघीयता कार्यान्वयनमा समन्वय बढाउन अन्तर-व्यवस्थापिका सम्मेलन सुरु

  • १०. मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

स्वर्गद्वारीका गाई बचाउन पराल सहयोग


  •   आइतबार, पुष १२, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । लुम्विनी प्रदेशको प्रमुख पर्यटकिय तथा धार्मिक स्थल प्युठानको स्वर्गद्वारीमा दैनिक भक्तजन हरुको घुँईचो लाग्ने गर्छ । भक्तालु हरुको लागि त्यँहा हरेक बर्ष महायज्ञ सञ्चालन पनि हुने गर्छ । यज्ञ सञ्चालनका लागि गाईको शुद्द दूध, घ्यु उत्तिकै आवश्यक पर्छ । तसर्थ गाई अत्यावश्यक रहने भएकाले स्वर्गद्वारी आश्रममा गौशाला निर्माण गरी गाईहरुको सँरक्षण गरिएको छ ।

    Advertisement


    अहिले स्वर्गद्वारी आश्रममा साना ठुला गरि करिब ३ सय गाईहरुको सँरक्षण गरिएको छ । आश्रमले गाई हरुको लालन पालन आन्तरिक श्रोत बाटै गरि रहेको जनाएको छ । गौशलामा गाईहरुको सँख्या घट्दो अबस्थामा रहेको स्वर्गद्वारी आश्रमका कोठारी तामु प्रसाद न्यौपाने “देउता गुरु” ले बताए ।

    आश्रमको नाममा रोल्पा, प्युठान र दाङ्गमा हजारौँ बिगाह जग्गा भएपनि त्यसको आयस्ता बाफत अनाज र पराल उपलब्ध नहुँदा गाईको लालन पालनमा समस्या उत्पन्न भएको हो । प्युठानको स्वर्गद्वारी आश्रम, दाङ्गको वनगाउँ र झिँगौरामा गरी करिब ६ सय गाई छन् । यी गाईलाई पराल, दाना दैनिकी दिनुपर्छ । तर, गाईलाई खुवाउने परालसम्म अरुसँग मागेर काम चलाउनुपर्ने बाध्यता छ । नियमित खर्च धान्न नै आश्रमलाई हम्मे हम्मे परिरहेको छ ।यज्ञलाई अखण्ड राख्नपनि गाई पाल्नुपर्ने बध्यता छ, गाई नभए स्वर्गद्वारीको अस्तित्व पनि छैन कोठारी न्यौपानेले भने । उनका अनुसार प्रत्यक पौषको ५ गते घुर्रो दिवसको दिन स्थानिय हरुबाट एकरएक भारी घुर्रो दिने चलन छ । त्यही घुर्रोले केही महिना त धकेलिन्छ तर अन्य दिनहरुमा मागेर वा किनेरै भएपनि काम चलाउनु पर्ने बाध्यता छ ।

    गाईको पालनको लागि उचित पुर्बाधार नभएको र भएका पुर्बाधार पनि जिर्ण अबस्थामा रहेकाले गाईको सँख्या दिनप्रतिदिन घट्दो छ ।

    प्रसस्त खान पिन र आवासको उचित ब्यबस्था भए गाईको सँख्या बढ्छ, कोठारी न्यौपानेले भने-गाई सँरक्षणका लागि स्थानिय देखि सँघिय कुनै सरकारले चासो दिएन । भौतिक पुर्बाधारमा ब्यक्तिगत तथा सरकारी निकाय बाट केही सहयोग हुने गरेपनि गौशाला तथा गाई सँरक्षणमा कसैको ध्यान नपुगेको त्यहाँका जिम्बेवार ब्यक्ती बताउँछन् ।

    गाई चरणका लागि स्वर्गद्वारी आसपासमा आश्रमको करिब २६ हजार रोपनी बनजँगल त छ । तर, त्यही बनजँगलमा त्यहाँका स्थानिय आस्रित छन् । प्युठान स्थित स्वर्गद्वारी नगरपालिका १,२ र ३ नम्बर वडाका स्थानिय सोही जँगलमा आस्रित रहेको कोठारी न्यौपानेको भनाई छ ।

    स्वर्गद्वारी आश्रमका गाईलाई पराल, दाना सहयोग

    स्वर्गद्वारी आश्रममा सँरक्षण गरिएका गाईहरुको लालन पालनमा चरम समस्या रहेको भन्दै दाङ्ग लमहीका जनप्रतिनिधि तथा ब्यबसायीहरु गाईका खाद्यान्न बोकेर सनिबार स्वर्गद्वारी पुगेका हुन् ।


    १६ ट्रेक्टर पराल, ३० बोरा दाना, ४ बोरा नुन र मास्क लगायत सुरक्षाका सामाग्री सहित युवा ब्यबसायी सहित जनप्रतिनिधिको टोली स्वर्गद्वारी पुगेको हो । लमहीका जनप्रतिनिधि र युवा ब्यबसायीहरुको सँयुक्त आयोजनामा रकम सँकलन गरि गाईको सँरक्षणमा टेवा पुर्याउने उद्देश्यले सहयोग गरिएको हो ।

    लमही नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भेषबहादुर केसी, ७ का मोहन गिरी, ६ का गणेशमान चौधरी, ४ का सुवास न्यौपाने, २ का वडाध्यक्ष नेपालु चौधरी, देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठ, युवा ब्यबसायी हरु केशबराज पन्त, सुर्य बहादुर सुनार, सन्दिप पौडेल, दुलमदास चौधरी, प्रमोद बस्नेत, सुन्दर केसी, सुशील कुमार कौशल, बिनोद शाह, खगराज न्यौपाने, रमण चौधरी लगायतको आर्थिक सहयोगमा पराल तथा दाना खरिद गरि सहयोग गरिएको सहयोग कार्यक्रमका संयोजक तथा देउखुरी उद्योग बाणिज्य संघका महासचिब कमल जँग सिँह ठकुरीले जानकारी दिए ।

    ठुलो लगानीमा जनप्रतिनिधि तथा ब्यबसायीहरुको टोलीले सहयोग गरेको यो पहिलो भएको स्वर्गद्वारी आश्रमका कोठारी तामु प्रसाद न्यौपानेले बताए । आगामी दिनमा पनि सहयोगको अपेक्षा सहित धन्यबाद दिँदै सहयोगी दाता हरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

    गाई पालन तर्फ रुचि घट्दै गएको र धार्मिक तथा ऐतिहासिक आस्था माथी अप्रत्यक्ष रुपले प्रहार हुँदै गईरहेको परिबेसमा गौशालामा टेवा पुय्राउने उद्देश्यले सहयोग गरिएको युवा ब्यबसायी कमल जँग सिँह ठकुरीले बताए । महायज्ञ सञ्चालन सँगै दूध, घ्यु, उत्पादित हुने तरकारी तथा खाद्यान्न को लागि गाई अति आबश्यक भएकोले गाईको सँरक्षण गर्न आवश्यक रहेको लमही ७ का वडाध्यक्ष मोहन गिरीले बताए ।
    स्वर्गद्वारी आश्रमका गाईहरुको सँरक्षणका लागि प्रत्यक बर्ष सहयोग जुटाउने सँयोजक ठकुरीले बताए । सोही टिमले गत बर्षपनि ८ ट्रेक्टर पराल सहित नुन दाना सहयोग गरेको थियो ।

    https://m.youtube.com/watch?v=xKQRBG6zkeY&feature=youtu.be

    आइतबार, पुष १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रति एकाइ क्षेत्रफलमा बढी गहुँ फलाउने कृषक पुरस्कृत
    राप्ती गाउँपालिकामा कृषि, पशु र रोजगार प्रदर्शनी सम्पन्न
    मलले गोदाम भरियो, खेत रित्तै रहे
    सुदूरपश्चिमका २६ पालिकाले उठाएनन् रासायनिक मल
    प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ
    मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

    लोकप्रिय

    • १.
      प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

    • २.
      विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

    • ३.
      स्वर्गद्वारी हत्या काण्ड : आरोपी बुहारी कारागारमा

    • ४.
      प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट;

    • ५.
      रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका

    • ६.
      नयाँ राजनीतिक संस्कार विकास भइरहेको छ :

    भर्खरै

    • १.
      सिंहदरबारको क्याफेलाई दुई लाख जरिवाना

    • २.
      प्रति एकाइ क्षेत्रफलमा बढी गहुँ फलाउने कृषक पुरस्कृत

    • ३.
      गौमुखीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर, २७७ जनाले लिए सेवा

    • ४.
      राप्ती गाउँपालिकामा कृषि, पशु र रोजगार प्रदर्शनी सम्पन्न

    • ५.
      ‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’ : सांसद अमरेश कुमार

    • ६.
      काभ्रे बस दुर्घटना : ८ जनाको मृत्यु, १६ घाइते

    • ७.
      ३१ वर्षपछि ब्युँतियो रावल आयोग, अतिक्रमित सरकारी जग्गा फिर्ता हुने

    • ८.
      पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...