कामना डेली, प्युठान। प्यूठानको स्वर्गद्धारी नगरपालिका–५ सारीको प्राकृतिक भू–बनोटलाई ‘पर्यटकिय केन्द्र’ बनाउने गरी काम थालिएको छ। यहाँ थप पूर्वाधारहरु निर्माणको प्रयास नगरपालिकाबाट भइरहेको छ।
स्वर्गद्धारी –५ सारीका वडाअध्यक्ष हिरामणी भण्डारीले पर्यटकिय संरचना निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले २० लाख रुपिया बिनियोजन गरेको जानकारी दिनुभयो। नगरपालिकावाट यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । अहिलेको संरचना नविग्रने गरी यस्लाई थप मनमोहक बनाउने काम भईरहेको छ।

६ बिगाहा क्षेत्रफलमा फैलिएको यो भु बनोट प्राकृतिक छटाले भरिपुर्ण छ । यहा माटै माटाले बनेका मन्दिर जस्ता बिभिन्न आकृति पुस्तौदेखि छन् । मानिसहरु डुल्नसक्ने गरी जताततै चिरैचिरा बनेका छन् । उक्त ठाँउ भित्रि भागमा गुफाहरु, कलात्मक दृष्यले गर्दा टिकटक प्रेमि युवायुवती सारी पुग्ने गर्दछन । पछिल्लो समय चलचित्र छायाकंन गर्नेहरुलाई समेत यो भुबनोटले तानेको छ।
यहाँ पार्क निर्माण, वृक्षारोपण, तारवार निर्माण, सामुदायिक वनको संरक्षण गर्न योजना बनाइएको नगरपालिकाले बताएको हो ।
आजको गोरखापत्र दैनिकमा समाचार छापिएको छ।
Comments are closed.