रोल्पा । रोल्पाको थबाङ गाउँपालिका वडा नम्वर १ विबाङमा निर्माण भैरहेको देशकै ठुलो १५० किलोवाटको सौर्य मिनिग्रीड निर्माणको काम अन्तिम चरण पुगेको छ ।
उर्जा, जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुन (अनन्त) को पहलमा उर्जा मन्त्रालय अन्तर्गत वैकल्पिक उर्जा प्रबर्द्दन केन्द्रबाट सो कार्य भएको हो ।
Advertisement
थबाङमा निर्माणाधीन अवस्थामा रहेको उक्त मिनिग्रीड पुर्व सभामुख ओनसरी घर्तिले शिलान्यास गर्नु भएको थियो ।
मंसिर महिना भित्रै बत्ती बाल्ने गरि निर्माणको काम तिव्र रुपामा संचालन भैरहेको छ ।