• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, जेठ २६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नवप्रतिभा परिधी खतिवडाको ‘घरकी फूलबारी’ सार्वजनिक

काठमाडौंमा अब ट्याङ्करको भरमा बस्नुपर्दैन : खानेपानीमन्त्री यादव

शङ्खधर साख्वाधर पार्कको उद्घाटन

तुलसीपुरमा स्कुल बस र यात्रुबस ठोक्किँदा दुईको मृत्यु, ३० बढी घाइते

घोराही कारागारमा बायोग्यास उत्पादन सुरु

‘दुःख सुनाएर के काम ?’

पोखरेल समाजको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

शंकर बिसीको निर्देशनमा ‘एउटा नाता’ सार्वजनिक

साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश दिन्छ : मन्त्री यादव

लोकप्रिय समाचार

  • १. स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट

  • २. गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित

  • ३. बुटवलमा रक्त सञ्चार केन्द्र स्थापना

  • ४. पोखरेल समाजको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

  • ५. दाङमा लागुऔषधसहित दुई महिला पक्राउ

  • ६. प्युठानको जंगलमा अचेत फेला परेका पुरुषको उद्धार

  • ७. प्यूठानमा सर्जिकल सिविर : छ जिल्लाका महिलाले पाए सेवा

  • ८. साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश दिन्छ : मन्त्री यादव

  • ९. शंकर बिसीको निर्देशनमा ‘एउटा नाता’ सार्वजनिक

  • १०. ‘दुःख सुनाएर के काम ?’

मुम्बईलाई पाँचौँ पटक आईपीएलको उपाधि


  •   बुधबार, कार्तिक २६, २०७७ मा प्रकाशित
  • काठमाडौं । मुम्बई इण्डियन्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको उपाधि हात पारेको छ ।

    Advertisement

    युएईको दुबईमा मंगलबार राती सम्पन्न फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले लगातार दोस्रो तथा समग्रमा पाँचौ पटक आइपिएल उपाधि जितेको हो । मुम्बईले यसअघि सन् २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो ।

    दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । मुम्बईको जितमा कप्तान रोहित शर्माले ६८ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ५१ बलमा ४ छक्का र ५ चौका प्रहार गरे ।

    उनी १७ औं ओभरमा नोर्कियाको बलमा ललित यादवको उत्कृष्ट क्याचसँगै पेभेलियन फर्केका थिए । युवा ब्याट्सम्यान ईशान किशन १९ बलमा ३ चौका र १ छक्का सहित ३३ रनमा अविजित रहे । हार्दिक पान्ड्या ५ बलमा ३ रन जोड्दै जितका लागि १ रन बाँकी रहँदा क्याच आउट भए ।

    मुम्बईलाई ओपनर रोहित र क्विन्टन डी ककले ४.१ ओभरमा ४५ रन जोड्दै राम्रो सुरुवात दिलाए । स्टोइनिसले आफ्नो पहिलो बलमै डी ककलाई ऋषभ पन्तबाट २० रनमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाए । डी ककले १२ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

    दोस्रो विकेटका लागि रोहित र सूर्यकुमार यादवले ४५ रनको साझेदारी गरेका थिए । ११ औं ओभरको पाँचौ बलमा कप्तान रोहितले तालमेल गर्न नक्दा सूर्य १९ रनमा रन आउट हुन पुगे । सूर्यले २० बलमा १ चौका र १ छक्का प्रहार गरे । काइरान पोलार्ड ४ बलमा २ चौकासहित ९ रन जोड्दै कागीसो रबाडाको बलमा बोल्ड भए । दिल्लीका एन्रीच नोर्कियाले २ तथा मार्कस स्टोइनिस र कागीसो राबाडा १/१ विकेट लिए ।

    त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । कप्तान श्रेयस ऐरले ५० बलमा ६ चौका र २ छक्का सहित ६५ रनमा अविजित रहेपनि उपाधिको लागि पर्याप्त रहेन।

    विकेटकिपर ऋषभ पन्त ३८ बलमा ४ चौका र २ छक्का सहित ५६ रनको महत्वपूर्ण योगदान दिएका थिए । दिल्लीलाई चौथो विकेटका लागि पन्त र ऐरले ६९ बलमा ९६ रनको साझेदारी गरेका थिए ।

    मुम्बईले लगातार दोस्रो वर्ष आईपीएलको उपाधि जितेको हो । गत वर्ष समेत मुम्बईले उपाधि जितेको थियो । पहिलो पटक फाइनल पुगेको दिल्ली भने उपविजेतामा समेटिएको छ । यो हारसँगै दिल्ली एकै सिजन मुम्बईसँग लगातार चौंथो खेलमा पराजित भएको हो ।

    नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली यस अघि लिगको दुई भेट र पहिलो क्वालिफायरमा मुम्बईसँग पराजित भएको थियो ।

    अहिलेसम्मका विजेताहरु

    २००८ : राजस्थान रोएल्स

    २००९ : डेक्कन चार्जर्स

    २०१० : चेन्नाई सुपर किंग्स

    २०११ : चेन्नाई सुपर किंग्स

    २०१२ : कोलकता नाइट राइडर्स

    २०१३ : मुम्बई इन्डियन्स

    २०१४ : कोलकता नाइट राइडर्स

    २०१५ : मुम्बई इन्डियन्स

    २०१६ : सनराइजर्स हैदरावाद

    २०१७ : मुम्बई इन्डियन्स

    २०१८ : चेन्नाई सुपर किंग्स

    २०१९ : मुम्बई इन्डियन्स

    २०२० : मुम्बई इन्डियन्स

    बुधबार, कार्तिक २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स सेन्ट्रल लुम्बिनीको दोस्रो फुटबल कार्यक्रम सम्पन्न
    देवदहमा मेयर कप सुरु, उद्घाटन खेलमा वडा नं. ७ विजयी
    मेयर कप कराँते : पाँच स्वर्णसहित सूर्यविनायक च्याम्पियन
    लुम्बिनी प्रदेश क्रिकेट संघ अध्यक्ष गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित
    मल्लरानीमा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
    भक्तपुरमा राष्ट्रिय स्तरको किक बक्सिङ हुँदै, १३ स्वर्ण विजेता भिड्ने

    लोकप्रिय

    • १.
      स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट

    • २.
      गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित

    • ३.
      बुटवलमा रक्त सञ्चार केन्द्र स्थापना

    • ४.
      पोखरेल समाजको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

    • ५.
      दाङमा लागुऔषधसहित दुई महिला पक्राउ

    • ६.
      प्युठानको जंगलमा अचेत फेला परेका पुरुषको उद्धार

    भर्खरै

    • १.
      नवप्रतिभा परिधी खतिवडाको ‘घरकी फूलबारी’ सार्वजनिक

    • २.
      काठमाडौंमा अब ट्याङ्करको भरमा बस्नुपर्दैन : खानेपानीमन्त्री यादव

    • ३.
      शङ्खधर साख्वाधर पार्कको उद्घाटन

    • ४.
      तुलसीपुरमा स्कुल बस र यात्रुबस ठोक्किँदा दुईको मृत्यु, ३० बढी घाइते

    • ५.
      घोराही कारागारमा बायोग्यास उत्पादन सुरु

    • ६.
      ‘दुःख सुनाएर के काम ?’

    • ७.
      पोखरेल समाजको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

    • ८.
      शंकर बिसीको निर्देशनमा ‘एउटा नाता’ सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation