• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ६. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • १०. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

कोषाध्यक्ष थापालाई गरेको बदनामप्रति कोषको ध्यानाकर्षण


  •   बिहिबार, कार्तिक ०६, २०७७ मा प्रकाशित
  • काठमाडौं : पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाविरुद्ध सामाजिक सञ्जालमा अपमानजनक ढंगले लेखेको र फोटो कुरुप बनाइ बदनाम गरेको विषयमा कोषको गम्भीर ध्यानाकर्षण भएको छ ।
    गुहेश्वरी मन्दिरमा घटस्थापनाको दिन कोष मातहतको अमालकोट कचहरी कार्यालयका तर्फबाट वर्षेनि गरिने पूजाका लागि कोषाध्यक्ष थापा, पूजारी विष्णुप्रसाद नेपाल र द्धारे पूर्ण डंगोल पुग्दा मन्दिरका पुजारी र रैकमीले प्रवेश निषेध गरेका थिए । १८७० सालको लालमोहरअनुसार कचहरी कार्यालयमार्फत कोषले महाअष्टमीसम्म चण्डी पाठ र पर्व पूजा गर्दै आएको थियो । प्रवेश निषेध गरेपछि सञ्चारमाध्यमले विषय खोतल्ने क्रममा एक दैनिक अखबारले गुहेश्वरी मन्दिरको गर्भगृहमा पुजिने अष्टदल र भैरवको मूर्तिमा दुई किलो सुन खिइएको विषय प्रकाशन गरेको थियो । त्यसपछि मन्दिर प्रवेश निषेध गर्दा सुनको विषय उठान गरेको भन्दै पशुपतिनाथ मन्दिरकै पालोवाला भण्डारी केदारमान भण्डारीले आफ्नो फेसबुक पेजमा कोषाध्यक्ष थापाको फोटोमा कालोमसीले काट्टी गरी अपमान गरेका थिए ।
    त्यसलगत्तै एक युट्यूबमा भण्डारीले कोषाध्यक्ष डा. थापालाई तथानाम गाली गरेका थिए । थापाले गुहेश्वरीमा गर्न लागिएको पूजा व्यक्तिगत नभई कोषका तर्फबाट राज्यका लागि गरेको बताउँदा पनि प्रवेश पाएका थिएनन् । कोषको उच्च स्रोतका अनुसार, पूजा निषेध, सुन खिइएको र अपमान गरेको विषयमा कोषको गम्भीर ध्यानाकर्षण भएको छ । दुई वर्षअघि सुन खिइएको थाहा भए पनि विषय सार्वजनिक भएको थिएन । दुवै मूर्ति मर्मत गरी नवरात्रमा पुनप्र्रतिस्थापन गर्नुपर्नेमा पूजारी र रैरकमीले समितिको नाम राख्न नपाएको बहानामा साइत नजुरेको भन्दै मंसिरमा राख्ने बताएको कोषका एक कर्मचारीले जानकारी दिए । उनका अनुसार, कोषले कोषाध्यक्ष डा. थापाको संयोजकत्वमा पशुपतिनाथ मन्दिरका गरगहना अद्यावधिक गर्ने समिति बनाएर खोजी गर्न लागेको थाहा पाएपछि गुहेश्वरीका पूजारी र रैरकमी आफू फसिने डरमा पूजा रोकेका हुन् । समितिमा गुठी संस्थान, मन्त्रालयका प्रतिनिधि र सुरक्षाकर्मी राखेर दसैंलगत्तै काम गर्ने तयारी कोषले गरेको छ ।
    आफूलाई सामाजिक सञ्जालबाटै अपमान र सार्वजनिक बेइज्जती गरेको भन्दै कोषाध्यक्ष थापाले महानगरीय प्रहरी परिसर टेकुमा साइबर क्राइममा मंगलबार उजुरी दिएका थिए । प्रहरीले केदारमान भण्डारीलाई पक्राउ पूर्जी जारी गरिसकेको छ । पूर्जीअनुसार महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले भण्डारीलाई खोजी गरिरहे पनि पक्रन सकेको छैन । स्रोतअनुसार, भण्डारी मोबाइल स्वीच अफ गरेर लुकी बसेका छन् ।

    Advertisement

    बिहिबार, कार्तिक ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ६.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation