प्रिन्स मिश्रा, कृष्णनगर। नेपाल भारत सिमानाका स्तम्भ जीर्ण अवस्थामा रहेको पाइएको छ ।
मर्मत सम्भारको कमी र सरोकारवालाको ध्यान नपुगेकोले कृष्णनगर नगरपालिका बगही भिल्मी अंतर्गत पर्ने ५६४/६४ नं को सिमा स्तम्भ जीर्ण अवस्थामा छ । पटक-पटक सिमासुरक्षा,सिमा अतिक्रमणको विबाद उठछन र केहि दिनमा सेलाएर जान्छन तर सिमानाकाका स्तम्भहरु भने जीर्ण अवस्थामा नै छन । विजयनगर गाउपालिका वडा ६ तिर ढलेकाे सिमा स्तम्भहरु छन भने अन्य केही स्तम्भहरुमर्मतकाे अभावमा जीर्ण भई सिमना पहरेदारकै संरक्षण हुन नसकेकाे भिल्मीका स्थानिय कमलेशचन्द्र गुप्ताकाे भनाई छ।
Advertisement
सरोकारवालाको ध्यान नपुगेकाले अतिक्रमण सम्भवना बढ्न सकने गुप्ताले बताएका छन ।