काठमाडौं । नेपालमा वितेको २४ घण्टामा दुई हजार चार सय ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
१३ हजार सात सय ८१ जनाको नमुना परीक्षण गर्दा दुई हजार चार सय ४० जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यससँगै कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ८९ हजार दुई सय ६३ पुगेको छ । त्यस्तै वितेको २४ घण्टामा एक हजार एक सय ३३ जना निको भएर फर्किएका छन् । यससँगै निको हुनेको सङ्ख्या ६५ हजार दुई सय दुई पुगेको छ । अब नेपालमा २३ हजार पाँच सय सात जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार ३३ जना क्वरेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै वितेको २४ घण्टामा १९जनाको मृत्यु भएको छ । यससँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच सय ५४ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
Comments are closed.