प्युठानमा थप १४ जनाले जिते कोरोना

गीता गौतम, प्युठान। जिल्लामा आज एकैदिन थप १४ जना कोरोना संक्रमण मुक्त भएका छन । प्युठान नगरपालिकाका ९ जना, स्वर्गद्वारी नगरपालिका १ जना र सरुमारानी गाउँपालिकाका ४ जना गरि १४ जनाले कोरोना जितेर घर फर्किएको स्वास्थ्य कार्यालय प्युठानका जिल्ला फोकल पर्सन पुस्कल श्रेष्ठले जानकारी दिनु भयो । यो सङ्गै हाल सम्म जिल्लामा कोरोना मुक्त हुने संख्या ४९९ पुगेको छ। जिल्ला भर कुल संक्रमीत ५४७ जना छन । अहिले प्युठान जिल्लाका विभिन्न आइसोलेसनमा ४६ जना संक्रमीत उपचारत रहेका छन । यस अघि जिल्लामा कोरोनाका कारण दुई जनाको मृत्यु भई सकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.