चितवनमा डिएसपीसहित ८ जना प्रहरीमा कोरोना पुष्टि

चितवन । चितवन प्रहरीका प्रवक्तासमेत रहेका डीएसपी सूर्यबहादुर थापासहित ८ जना प्रहरीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार राति सार्वजनिक भएको रिपोर्टमा उनीहरूमा कोरोना पुष्टि भएको हो । संक्रमित सबै प्रहरीलाई कार्यालय भित्रकै आइसोलेसन कक्षमा राखिएको छ ।यसअघि वडा प्रहरी कार्यालय नारायणगढका २६ जना प्रहरीमा संक्रमण देखिएको थियो ।

यो सँगै चितवनमा कोरोना संक्रमितको संख्या १ हजार ७०० नाघेको छ ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.