धरानमा थप २ कोरोना संक्रमतिको मृत्यु

काठमाडौँ । धरानमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा थप २ जना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङ कानेपोखरीका ५५ वर्षीय पुरुष र प्रदेश २ सप्तरी राजविराजका ७० वर्षीय पुरुष रहेका छन् ।यससँगै प्रतिष्ठानमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३३ जना पुगेको छ ।

आईसीयूमा उपचार भइरहेको मोरङका पुरुषमा आन्द्राको क्यान्सर रहेको बताइएको छ । राजविराजका पुरुष भदौ २८ गते भर्ना भएकामा हिजोमात्रै कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.