नेपालगञ्ज । काेराेना संक्रमणबाट बाँकेमा थप एक जनाकाे मृत्यु भएकाे छ ।
नेपालगञ्जका ५२ वर्षीय पुरुषको शुक्रबार बिहान कोरोना संक्रमणका कारण मृत्यु भएको हाे। उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेकाे थियाे।जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले मृत्यु भएका व्यक्तिलाइ फोक्सोको निमोनिया रहेकाे बताए ।
बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
Comments are closed.