• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. गुल्मीमा एलपी ग्यासको अभाव

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

जथाभावी वन फँडानी, प्रमाण मास्न डोजर लगाएर ठुटा हटाउने प्रयास


  •   बुधबार, असोज ०७, २०७७ मा प्रकाशित
  • नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ रामपुरस्थित नवदुर्गा भगवती सामुदायिक वनमा उपभोक्त समूहद्वारा अवैध रूपमा काटिएका रुखको प्रमाण नष्ट गर्ने प्रयास गरिएको छ । वन फँडानीविरुद्ध डिभिजन वन कार्यालयले कारबाही प्रक्रिया चलाइरहेका बेला उपभोक्ता समूहले प्रमाण मेटाउन एक्साभेटर लगाएर ठुटा हटाउने प्रयास गरेको हो । समूहले डिभिजन वन कार्यालय बाँकेको स्वीकृतिबिनै करिब एक बिघामा हुर्किरहेका रुख, विरुवा कटान गरेको थियो ।

    Advertisement

    ‘काटिएक रुखका केही ठुटा एक्साभेटरबाट उखेलेर फालिएको छ,’ एक स्थानीयले भने, ‘डिभिजन वन कार्यालयले कारबाही प्रक्रिया अघि बढाएपछि प्रमाण नष्ट गर्न खोजिएको जस्तो देखिन्छ ।’ वन फँडानीसम्बन्धी समाचार सार्वजनिक भएपछि समूहमाथि कारबाही प्रक्रिया अगाडि बढाइसकेको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालय प्रमुख राजु क्षेत्रीले कानुनी कारबाही प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै कर्मचारीले पहिला नै फोटो खिँचेर ल्याइसकेको हुँदा ठूटा हटाउँदैमा केही फरक नपर्ने बताए । ‘अवैध रूपमा रुख कटान भएको जानकारी पाउनेबित्तिकै हाम्रा कर्मचारी पुगेर फोटो खिचेर मुचुल्का उठाइसकेका छन्,’ उनले भने, ‘अहिले रुखको ठुटा हटाउँदैमा प्रमाण नष्ट हुँदैन, हामीसँग सबै प्रमाण सुरक्षित छ ।’ वन समूहका कागजात मागेर अध्ययन भइरहेको र चाँडै कारबाही प्रक्रिया निचोडमा पु-याइने उनले बताए ।

    कार्यालयले अनुसन्धान गर्न कोहलपुर सव–डिभिजन वन कार्यालयका प्रमुख एवं सहायक वन अधिकृत रामकुमार चौधरीलाई जिम्मा दिएको छ । कार्यालयले घटनास्थलको मुचुल्का उठाएर समूहलाई पत्र काटिसकेको छ । कर्मचारीले मुचुल्का उठाएर आइसकेपछि काटिएका रुखका ठूटा एक्साभेटर लगाएर हटाएको भन्ने सूचना प्राप्त भएको भन्दै सहायक वन अधिकृत चौधरीले कार्यालयसँग सबै प्रमाण सुरक्षित रहेको बताए ।

    वन उपभोक्ता समूहले करिब एक बिघामा हुर्कदै गरेका सिसौंलगायत प्रजातिका थुपै्र रुख, बिरुवा काटेको छ । रुख काटिएको क्षेत्रमा बैजनाथ गाउँपालिका कार्यालय र शुभप्रभात बहुमुखी पब्लिक क्याम्पस भवन निर्माण गर्ने तयारी छ । कोरोना महामारीको मौका छोपेर अवैध रूपमा वन फँडानी गरिएको हो । समूहले भेलामार्फत गाउँपालिका कार्यालय र क्याम्पस निर्माणका लागि सामुदायिक वनको ११ बिघा क्षेत्रफल उपभोग गर्न दिने निर्णय गरे पनि दशकौंदेखि हुर्कंदै, बढ्दै आएका रुख, विरुवा काट्ने विषयमा डिभिजन वन कार्यालयसँग स्वीकृति नलिएका कारण अख्तियारको चरम दुरूपयोग गरी आर्थिक अनियमिततासमेत गरेको संरक्षणकर्मी बताउँछन् ।

    वन फँडानीबारे अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पनि छुट्टै अनुसन्धान थाल्नुपर्नेे माग संरक्षणकर्मीको छ । वन उपभोक्ता समूहका अध्यक्ष प्रेमबहादुर थापाले काटिएका रुखका ठुटा हटाउँदै गर्दा वन कार्यालयले रोकेको बताए । ‘एक्साभेटरले रुखका ठुटा हटाउँदै थियो, वन कार्यालयले थाहा पाएपछि रोकिदियो,’ उनले भने । डिभिजन वन कार्यालयले समूहलाई पत्र लेखेर कसले रुख काटेको हो भनेर स्पष्टीकरण सोधेको जानकारी दिँदै अध्यक्ष थापाले भने, ‘यो काम सबै गाउँपालिकाको हो, गाउँपालिका कार्यालय भवन बनाउनकै लागि रुख काटिएको हो भनेर जवाफ दिएका छौं ।’

    रुख काटेको पारिश्रमिक ठेकेदारले उपलब्ध गराए पनि काठ उपभोक्तालाई वितरण गरेको उनले बताए ।

    अर्जुन ओलीले नागरिक दैनिकमा समाचार लखेका छन् ।

    बुधबार, असोज ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • २.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ३.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ५.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ७.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ८.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation