• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

प्रशासकिय भवन बन्यो, प्रयोग भएन


  •   आइतबार, असार २९, २०८२ मा प्रकाशित
  • गुल्मी ।  गुल्मी जिल्लाको मालिका गाउँपालिकाले फागुन १ गते भव्य समारोहसहित उद्घाटन गरेको नयाँ प्रशासकीय भवन अझै प्रयोगमा आउन सकेको छैन । उद्घाटन भएको पाँच महिना बितिसक्दा समेत कार्यालय अझै पुरानै भवनबाट सञ्चालन भइरहेको छ ।
       यसले गाउँपालिकाको योजना, प्राथमिकता र कार्यान्वयन क्षमतामाथि गम्भीर प्रश्न खडा गरेको छ । भवनको उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हेलिकप्टरमार्फत ल्याएर विशेष कार्यक्रम गरिएको थियो ।
       जनयुद्धसँग जोडिएको मिति फागुन १ लाई विशेष महत्व दिँदै गरिएको उद्घाटन कार्यक्रममा लाखौं रुपैयाँ खर्च गरिएको थियो । तर त्यसपछि भने सेवा प्रवाहमा देखिएको ढिलाइ र निष्क्रियताले स्थानीयबासीका लागि निराशाजनक सावित भएको छ ।
       मालिका गाउँपालिकाका सूचना अधिकारी जगत पौडेलका अनुसार भवनको आन्तरिक संरचना निर्माण अन्तर्गत फर्निचर व्यवस्थापन र अन्य पूर्वाधारहरू अपूरा भएकाले कार्यालय स्थानान्तरण गर्न नसकिएको बताए । उनका अनुसार बाँकी काम सम्पन्न गर्न अझै केहि महिना लाग्ने अनुमान छ ।
        यो अबधिमा सेवा प्रवाह भने यथावत् पुरानै भवनबाट सञ्चालन हुने बताइएको छ । पाँच महिनासम्म पनि सानातिना पूर्वाधार व्यवस्थापन नहुनु आलोचनाको विषय बन्न थालेको छ ।
       मालिका गाउँपालिकाका पूर्व प्रवक्ता शोभाखर गिरीले उद्घाटनमा देखाइएको हतारो सस्तो लोकप्रियता कमाउने होडबाजी बताए । सेवा सुरु गर्ने पूर्वतयारी विना गरिएको उद्घाटनले विकासभन्दा प्रचारलाई प्राथमिकता दिएको स्पष्ट पारेको उनको भनाइ छ ।
       भवन गुल्मीको मालिका गाउँपालिका–४, अर्खाबाङमा निर्माण गरिएको हो ।  संघीय सरकार र स्थानीय सरकारको सात करोड ६७ लाख १८ हजार लागतमा उक्त प्रशासनीक भवन निर्माण सम्पन्न भएको हो । विकोइ श्रेष्ठ तथा सुनिल समिर जेभीद्वारा २०७८ भदौमा सम्झौता भएको भवन निर्माणको काम तीन वर्षमा सम्पन्न भएको हो।  जिल्ला सदरमुकामबाट टाढा दुर्गम क्षेत्रमा रहेको पालिकाको रूपमा चिनिले पालिकामा सुबिधा सम्पन्न भवनबाट सेवा प्रबाह हुने अपेक्षा नागरिकमा रहेको छ ।
       भवनको संरचना अपाङ्गतामैत्री रहेको छ । २२ हजार स्क्वायर फिटमा बनेको सो भवन साढे तीन तलाको रहेको छ ।
        भवनमा बैठक कक्ष र सभाहल सहित १६ वटा कोठाहरू रहेका छन् । गाउँपालिकाको मुख्य केन्द्रमा निर्माण गरिएको उक्त भवन आकर्षक डिजाईनमा निर्माण गरिएको छ ।

    Advertisement

    आइतबार, असार २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने
    रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation