• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, कार्तिक ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • २. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान


  •   बुधबार, असार २५, २०८२ मा प्रकाशित
  • गुल्मी । भेटेरिनरी अस्पताल तथा पसु सेवा विज्ञ केन्द्र गुल्मीले तीन जना उत्कृष्ट कृषकलाई सम्मानित गरेको छ । धुर्कोट गाउँपालिका वडानम्बर–६ का अर्याल पशुपंक्षी फमका सञ्चालक मेघनाथ अर्याल, इस्मा गाउँपालिका वडानम्बर–३ का ग्यालेक्सी कृषि फर्मका गोकर्ण नेपाली र गुल्मीदरबार गाउँपालिका वडानम्बर–रेसुङ्गा एग्रो एण्ड रिर्चस फम बिशाल थापालाई सम्मान गरिएको हो ।
    यी कृषकहरु मध्ये नेपालीलाई सर्वोकृष्ट, अर्याल र थापालाई उत्कृष्ट कृषकको रुपमा नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो । सम्मानित हुने कृषकलाई एक समारोहका बिच जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोर्णबहादुर खत्रीले नगद र प्रमाणपत्रले सम्मान गरेका थिए । बाख्रा पालन, भैंसी पालन, घाँस खेती र पशुपालन विधामा मेहनतको कदर गर्दै सम्मान गरिएको हो । सम्मानित हुने कृषकहरुमा गोकर्ण नेपालीले १२० रोपनी क्षेत्रफलमा घाँस खेती र नर्सरी उत्पादन गर्दै आएका छन् ।
    उनले कृषि क्षेत्रमा नवीनतम प्रविधिहरू र परम्परागत पद्धतिहरूलाई सँगै ल्याएर कृषि कर्म गर्दै उत्पादनशक्ति र दक्षतामा उल्लेखनीय वृद्धि गरेका छन् । उनको मेहनत र समर्पणले गाउँका अन्य कृषकहरूलाई पनि प्रेरित गरेको छ ।
    त्यस्तै मेघनाथ अर्यालले ३५ वटा भैंसी पालेर प्रतिदिन १०० लिटर दूध उत्पादन गर्दै स्थानीय बजारमा बिक्री गर्दै आएका छन् । शहरको सुख्ख छोडेर गाउँमै करोडौं लगानी लगाएर भैंसीपालनसँगै कृषि कर्म समेत गर्दै आएका छन् ।
    कृषक बिशाल थापाले १५० वटा विभिन्न जातका बाख्रा पालन गर्दै आएका छन् । थापाले बाख्रा पालनको क्षेत्रमा नयाँ सम्भावनाहरू खोल्दै कृषकहरूलाई थप जानकारी र तालिम प्रदान गर्दै आएका छन् । भेटेरिनरी अस्पताल र पशुसेवा बिज्ञ केन्द्रले जिल्लाभरिका कृषकहरूलाई सम्मानित गर्न आवेदन माग गरेको थियो । उक्त आवेदनका आधारमा बाख्रा पालन, भैंसी पालन, घाँस खेती र पशुपालन विधामा उत्कृष्ट योगदान पुर्याएका कृषकहरूको चयन गरिएको कार्यालयका प्रमुख हुमाकान्त पाण्डेले बताए ।
    यस पुरस्कार वितरण कार्यक्रमको मुख्य उद्देश्य भनेको कृषकहरूको श्रम र योगदानको कदर गर्नु र उनीहरूलाई नयाँ उचाईमा पुर्याउन प्रोत्साहित रहेको उनको भनाइ छ । कार्यक्रमले कृषि क्षेत्रमा कार्यरत अन्य कृषकहरूलाई पनि उत्साहित गर्दै स्थानीय कृषि उत्पादनको स्तरलाई अझ उच्च बनाउन मद्दत पुर्याएको छ ।
    कृषकहरूको समर्पण र मेहनतको मूल्याङ्कन गर्दै, यो सम्मानले गाउँका कृषकहरूको मनोबल उच्च राख्न ठूलो भूमिका खेल्ने विश्वास गरिएको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले बताए । यस प्रकारका सम्मान कार्यक्रमहरूले कृषकहरूको मनोबल उच्च राख्दै, गाउँको आर्थिक समृद्धिमा ठूलो भूमिका निभाउने विश्वास गरिएको उनको भनाइ छ ।
    कृषकहरूले आफ्नो मेहनत र लगनले कृषिमा सफलता हासिल गरेका छन् ।

    Advertisement

    बुधबार, असार २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation