गीता गौतम,प्युठान। प्युठानमा शनिवार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको स्वाब परीक्षणमा ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ । कार्यालयका फोकल पर्सन पुस्कल श्रेष्ठका अनुसार जिल्लाको गौमुखी गाउँपालिकाका ५, झिमरुक गाउँपालिका ३ र स्वर्गद्वारी नगरपालिकाका १ जना गरिआज एकैदिन ९ जनामा कोरोना संक्रमण देखिएको हो।
नयाँ थपिएका सँगै जिल्लामा संक्रमितको कुल संख्या ५०६ जना पुगेको छ। त्यसमध्ये संक्रीय संक्रमित जम्मा ४६ जना छन। कोरोना संक्रमणका कारण प्युठानमा यश अघि दुई जनाको मृत्यु भईसकेको छ।
