• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ४. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

बाढी पिडितलाई प्रवासीले पठाए १ लाख २० हजार सहयोग


  •   बिहिबार, भदौ २५, २०७७ मा प्रकाशित
  • थम्मन थापा बागलुङ। भदौको मध्य भागमा ढोरपाटन नगरपालिका वडा नं ९, ८ र ७ बोवाङ स्थित भूजिखोलामा भारी वर्षा पछि बाढी आयो ।

    Advertisement

    भदौ १७ राती देउराली शिर देखि खसेको पहिरोका कारण भुजीखोलामा आएको बाढीले ढोरपाटनका आधादर्जन तटीय बस्ती बगायो । बस्ती बगाउँदा अकल्पनीय मानवीय र भौतिक क्षति भयो । अहिले सिंगो बागलुङ जिल्ला शोकमा छ । धेरै मानिसले ज्यान गुमाउनु पर्यो, कैयौं मानिस घाइते भए, धेरैले घरबास सँगै परिवारका आफन्त गुमाए । अहिले ढोरपाटनका बाढी पीडितहरुको लागि दिनहुँ राहत सामाग्री सँगै देश विदेश बाट आर्थिक सहयोग जुट्ने क्रम बढिरहेको छ । प्राकृतिक विपत्तीमा सहयोगी हातहरु अगाडि बढिरहेका छन् । अहिले विभिन्न संघ संस्था, राजनैतिक दल देखि व्यक्ति विशेषले ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ पुगेर राहत सामाग्री र नगद सहयोग गरिरहेका छन् । छिमेकी पालिकामा प्राकृतिक विपत्तिले सास्ती खेपिरहेका बोबाङका बाढी पीडित नागरिकहरुलाई तल्लो लमाई समाज जापानले एक कार्यक्रम गरी नगद रु १ लाख २० हजार ५ सय ५० सहयोग हस्तान्तरण गरेको समाजका अध्यक्ष बल बहादुर खत्रीले जानकारी दिनुभयो । जापानमा रहेका तल्लो लमाईबासी नागरिकहरुको सक्रियतामा उक्त रकम संकलन गरि ढोरपाटन स्थित वोबाङ्का बाढी पीडितलाई सहयोग गरिएको अध्यक्ष खत्रीले बताउनु भयो । भदौ पहिलो हप्ता स्थापना भएको समाजले प्राकृतिक विपति र आर्थिक अवस्था कमजोर भई उपचार नपाएका दीर्घ रोगी नागरिकलाई समेत आर्थिक सहयोग प्रदान गरिएको समाजका सचिव गोविन्द खत्रीले बताउनु भयो । विपतको बेला मानवीय सेवा नै ठूलो धर्म हो भन्ने महसुस गरी जापानमा तत्कालै आर्थिक संकलन गरी नेपाल पठाइएको र सामाजिक अभियन्ता तारा अधिकारी, यम अधिकारी, डम्बर अधिकारी, गुमान अधिकारी, रेशम खत्री र गोपाल खड्काले ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीलाई सहयोग रकम हस्तान्तरण गरिएको समाजका कोषाध्यक्ष खिम अधिकारीले बताउनु भयो । समाजले भुजिखोलाको बाढीमा दिवंगत भएकाहरू प्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घटनामा घाइते हुनुभएका नागरिकहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गरेको छ भने उद्धारमा खटिने सबै प्रति धन्यवाद ज्ञापन गरेको छ।

    बिहिबार, भदौ २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व
    क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
    बुल्मका कुमाल समुदायलाई माटाका भाँडा बनाउने तालिम
    शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया
    गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल
    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ४.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation