काठमाडौँ । नेपालमा थप ९ सय २ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
Advertisement
मंगलबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ९ सय २ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।यससँगै संक्रमितको संख्या ४८ हजार १ सय ३८ जना पुगेको छ ।
त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप २ हजार २ सय ८७ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या ३२ हजार ९ सय ६४ नाघेको छ ।
हाल देशभर १४ हजार ८ सय ६८ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै मृतकको संख्या ३ सय ६ जना पुगेको छ ।