राम बहादुर बिश्वकर्मा, प्युठान। प्युठानमा थप १७ जनाले कोरोना जितेर घर फर्केका छन्।
सोमबार जिल्लाका विभिन्न आइसोलेशनबाट उपचार पश्चात निको भइ १७ जना संक्रमितहरु घर फर्केको स्वास्थ्य कार्यालयले जनाएको छ।कार्यालयका अनुसार स्वर्गद्वारी नगरपालिकाका ४ जना, ऐरवतीका ७ जना र नौबहिनी गाउँपालिकाका ६ जना गरि जम्मा १७ जना संक्रमितहरु निको भइ घर फर्केका हुन्। योसँगै प्युठान जिल्लाबाट कुल ४ सय ३४ जना संक्रमितहरु निको भइ घर फर्किसकेका छन। दुई साताअघि अस्पताल भर्ना भएका ती संक्रमितमा कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिशाल सुबेदिले बताए ।
‘आइसोलेसनबाट डिस्चार्ज भए पनि पुनः एक हप्ता होम आइसोलेसनमा बस्नुपर्ने हुन्छ,’उनले भने,’‘बिरामीलाई निको बनाएर पठाउँदा हामीलाई खुसी लागेको छ ।’निको भएर जानेहरुले ‘कोरोनाबाट डराउनुपर्दैन, सजिलै जित्न सकिन्छ’ भन्ने सन्देश पनि दिएको उनी बताउँछन्।