राम बहादुर बिश्वकर्मा,प्युठान। कोरोना संक्रमणबाट प्युठानमा थप एकजनाको मृत्यु भएको छ।
Advertisement
बुट्वलको गौतमबुद्ध अस्पतालमा उपचाररत स्वर्गद्वारी नगरपालिका ७ का ५८ वर्षीय पुरुषको बुधबार कोरोना सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय प्युठानका सुचना अधिकारी पुस्कल श्रेष्ठले जानकारी दिनुभयो । केही दिन अघि कोरोना सङ्क्रमण पुष्टि भएका उहाँलाई सास फेर्न समस्या भएपछि भाद्र १५ गते उपचारका लागि गौतम बुद्ध अस्पतालको आईसियु कक्षमा भर्ना गरिएको थियो। उहाँको बुधबार राती १०:३० बजे मृत्यु भएको श्रेष्ठले जानकारी दिनुभयो ।
योसँगै कोरोनाका कारण प्युठानमा मृत्यु हुनेको संख्या २ जना पुगेको छ । मृत्यु भएका दुबै स्वर्गद्वारी नगरपालिका निबासी हुन। उनी पुर्ब भारतिय शैनिक रहेको बताइएको छ।