अनिल खत्री, गुल्मी । गुल्मीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
Advertisement
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा जिल्लाको सत्यवति गाउँपाकिामा १० जनामा जनामाकोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
भारतबाट आएर क्वारेन्टाइनमा बसेका ७ जना र होम क्वारेन्टाइनमा बसेका ३ जना गरि १० जनामा कोरोनासंक्रमण पुष्टि भएको आचार्यले बताए । जिल्लामा हालसम्म ४ सय १० जना कोरोना संक्रमित पुगेको छ ।
सक्रमितमध्ये ३६७ जना कोरोना मुक्त भएर घर फर्किका छन् । जिल्लामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भइसकेको छ । जिल्लाबाट हालसम्म ३५७८ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ३१९ जनाको नतिजा आउन बाँकी रहेको छ ।