बुटवल । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।
Advertisement
मृत्यु हुनेमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ५ की ६५ वर्षीय महिला रहेकी छिन् । उनकाे को मंगलबार राति पौने १० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले जानकारी दिए ।
ती महिलालाई उच्च रक्तचाप, मधुमेह लगायतको समस्यासमेत थियो । उनलाई भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएकाे थियाे ।