पाल्पा । पाल्पामा कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
Advertisement
तानसेन नगरपालिका- ८ मदनपोखराकी ३० वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेज पाल्पामा शुक्रबार साँझ मृत्यु भएको हो ।ती महिला ५ भदौमा स्वास्थ्य समस्या देखिएपछि मेडिकल कलेजमा भर्ना भएकी थिइन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा ७ भदौमा उनको पीसीआर पोजिटिभ आएको थियो ।
कोरोना पुष्टि भएपछि आइसोलेसनमा उपचाररत उनको शुक्रबार साँझ साढे ६ बजे मृत्यु भएको मेडिकल कलेजका मेडिकल निर्देशक राजु शाक्यले जानकारी दिए । शाक्यका अनुसार मृतक महिला मुटु रोगीसमेत थिइन् ।